नव गायक तथा रचनाकार केशब मिश्र (के.आर.केशु)को पहिलो म्युजिक भिडियो ‘पैसा’ यु ट्युबमा सार्वजनिक भएको छ।उक्त म्युजिक भिडियो अमेरिकाको न्युयोर्कमा रहेको ओम मेगा अडियो एण्ड भिडियो मार्फत सार्वजनिक गरिएको हो। एक हप्तामा ६० हजार भन्दा धेरैले भिडियो हेरिसकेका छन्।

मिश्र गीत लेखन र गायनमा बिशेष रुची राख्छन्, उसो त उनले अहिले सम्म ४ दर्जन गीतहरु लेखिसकेका र यस अघि धरानमा २ वटा गीत पनि रेकर्डिङ गराईसकेका छन् ।

उनले अहिलेको परिस्थिति र यथार्थता लाई ध्यानाकर्षण गर्दै पैसा नामक नयाँ गीत निकालेका हुन्,उक्त गीतले अहिलेको युवा पिडी माँझ निकै चर्चा बटुल्ने सम्भावना रहेको छ। गीत र्याप बिधामा रहेको छ।

बिदामा नेपाल आएको बेला उनले पुनः केही प्रेमिल, रोमान्टिक र सेन्टिमेन्टल गितहरु रेकर्डिङ गराउने जानकारी दिएका छन्।

तपाईंको प्रतिकृया