पवन करण

एक दिन पनि ढिलो गरिनँ मैले चिकित्सककहाँ
आफ्नो छोराका आँखा जाँच गराउनमा
चिकित्सकले मसित भने
राम्रो बुवा हुनुहुन्छ तपाईं ढिलो नगरी आइपुग्नुभयो
तर मेरा बुवाले यो अवसर
पैंसठी वर्षपछि मद्वारा त्यति बेला पाए
जब तिनी जीवनको अन्तिम चरणमा उभेका थिए

बुवाका आँखा जाँच गर्दै चिकित्सकले मलाई
सोधे
कहिलेदेखि दिक्क छ यिनलाई, मैले भनें
यस्तै छ-आठ महिनादेखि होला
के यिनी सानैदेखि चश्मा लगाउंथे, मैले भनें
होइन
केही बेर चूप लागेर पिताका आँखामा
हेर्दै रहे तिनी फेरि
आफ्नो चौकीमा बस्दै गम्भीरतासित
सोधे तिनले, अँ, भन्नुहोस् त यिनी कति पढे-
लेखेका छन्
झस्केर मैले चिकिस्कलाई सोधें, किन
किन जान्न चाहनुहुन्छ यो तपाईं
तिनले भने बताउनु जरुरी छ
अन्त मैले भनें केही पढ़ेका छैनन्, निरक्षर छन्
यतिसम्म कि सही गर्न पनि यिनलाई साह्रो पर्छ
हो, म यति जानन् चाहन्थें, तपाईंलाई थाहा छ
यिनकाी आँखामा बालखपनदेखि यो रोग छ
टाढ़ाको नजर बालखपनदेखि नै खराब छ यिनको
यस्ता बालबालिकाहरूलाई ब्ल्याकबोर्डमा लेखिएको स्पष्ट देखा पर्दैन
अनि यसै कारणले पनि
धेरै बालबालिकाहरू पढ़ाइ छोड़ेर जान्छन्
सम्भव छ तिम्रा पिताले
पढ्न नपाउनुको कारण पनि यही रहेको छ

फेरि मैले चिकित्सकसित सोध्न सकिनँ केही पनि
बुवाका आँखामा धेरै बेरसम्म हेर्दै रहें म
सोचिरहें, काश बुवाका आँखाका बारेमा
बालखपनदेखि नै कसैलाई थाहा भइसकेको हुँदो हो
त केवल यसै कारण निरक्षर रहने थिएनन् उनी
पढ़े-लेखेका हुँदा हुन् त अलिक बाठो हुन्थे
केवल सोझो मात्र होइन अलिक दुष्ट पनि हुन्थे
कि दुष्ट्याइँको सानो अंश तिनीभित्र पसेको भए
निराशालाई पन्साउने थिए तिनले हिंड्दा-डुल्दा
सक्थे लड्न तिनी आफ्नो भागको लड़ाञी
तब हुनसक्थ्यो उनी पनि गर्थे नियतिलाई स्वीकार
साँच्थे तिनी पनि केही सपना र महत्वाकाङ्क्षा

प्रत्येक अवसरमा कुर्ता-पाइजामामा देखा पर्ने बुवा
डर्ने थिएनन् पुग्न कुने बिहे-बटुलमा टाइ-सूट लगाएर
र खाने थिए त्यहाँ तिनले सबैमाझ उभेर भोज-भतेर
न कि बस्थे भुइँमा लिएर खानाको प्लेट
भलै तिनी चपरासीमा भएका हुन् भर्ती
तर अलिक पढ़ेर-लेकेर अनि पछि बन्ने थिए बाबू
अनि तिनी कतै मजदूर भएका भए रहने थिए
जीवनभरि केवल मजदूर नै, आफ्नो काम बद्लिहाल्थे
र बिना आरक्षण ट्रेनमा लामो यात्रा गर्ने थिएनन्

आफ्नी सुन्दर स्वास्नीलाई छिटो मर्न दिने थिएनन् रोगले
पढ्न सक्थे दवाइका पर्चीहरू, गर्नसक्थे चिकित्सकसित बहस
गरीबीले तर्सेर पठाउने थिएनन् तिनलाई टाढ़ा
सघाउको नाममा एकलो गर्न चाकरी
र जब बयालिस वर्षको उमेरमा विधुर भई नै हाले
रहने थिएनन् जीवनभरि स्वास्नीमान्छेबिना
घरमा न सही बाहिर नै कुनै स्वास्नीमान्छे अवश्यै राख्थे
जसले गर्थी तिनको मनको खै मायाले

पढ़े-लेखेका हँदा हुन् त प्रत्येक कामका लागि देख्ने थिएनन्
मेरो मुखतिर प्रत्येक निर्णयमा राख्ने थिएनन्
मेरो निर्णय सबभन्दा माथि, पर्ने थिएनन् भर
मैले लगाइसकेका लुगा-फाटामाथि
प्रत्येक वर्ष सिलाउँथे आफ्नै रुचिका लुगा-फाटा
पेन्शन थाप्न मलाई लाने थिएनन्
प्रत्येक महिना ब्याङ्कमा आफ्नोसँग, आफ्ना नाता-नातीलाई
अह्राउने थिएनन् राशिफल पढ़ेर सुनाउन
अनि सधैँ बिहान बड़ो सञ्चोसित
घाममा बसेर पढ्ने थिए अखबार

पढ़े-लेखेका हुंदा हुन् त जीवनमा हिसाब-किताबका नाममा
कसैले तिनलाई ठगिरहेका हुने थिएन
बरु तिनले अरु कसैलाई ठगिरहेका हुन्थे।।

तपाईंको प्रतिकृया