‘एक पाईला हजुरको एक पाइला हाम्रो आउनुहोस शैक्षिक गुणस्तर बृद्धिका लागि सहकार्य गरौं’ भन्दै ग्लोबल कलेज अफ मेनेजमेन्टको टीम एक्सप्लोर आइडियाले हरेक बर्ष झैं यस बर्ष पनि ग्रयाण्ड इभेन्ट लिएर आउने भएको छ । इभेन्टमा नेपालका विश्वविद्यालयहरुमा हाल अध्ययन अध्यापन भइरहेका बिभिन्न शिक्षा संकायहरुमध्ये बिज्ञान,व्यवस्थापन,शिक्षा, मानविकी,कानुन ,संस्कृत , फाइन आर्टस लगायतका ७ वटा संकायहरुको व्याख्या विश्लेषण एवम ती संकायहरुबीच हुनुपर्ने आवश्यक तालमेलका बारेमा ब्याख्या गरिनेछ ।

वास्तवमा नेपालको शिक्षा प्रणाली नै त्यति स्पष्ट छैन त्यसमा पनि विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्दा कुन संकायमा अध्ययन गर्दा त्यसको के कस्तो स्कोप छ भन्ने कुराको ज्ञानको अभाव छ जसका कारण धेरै विद्यार्थीहरु अध्ययन गर्दागर्दै अलमलमा देखिन्छन् । यसै परिप्रेच्छमा चाहे आर्टस होस वा कमर्स वा साइन्स नै के अध्ययन गर्दा कस्तो स्कोप छ भन्ने कुराको जानकारी गराउन कुन रुख र के फल शिर्षकमा सबैले बुझ्ने किसिमको प्रस्तुति दिन खोजिएको छ ।
नेपालको परिप्रेच्छमा यस्तो खालको कार्यक्रम नौलो र नया हुनसक्छ जसबाट हजारौ, लाखौ विद्यार्थी लाभान्वित हुने निश्चित छ । उक्त कार्यक्रममा शिक्षाका बिबिध संकायहरुका बारेमा एनालाइसिस गरिन्छ । यसका साथै नेपालका शैक्षिक गुणस्तरका बारेमा शैक्षिक व्यक्तित्वहरुसंग अन्तक्रिया समेत गरिनेछ जसले नेपालको शिक्षा क्षेत्रमा केही योगदान दिनेछ । यस अर्थमा पनि यसलाई एकदिने शैक्षिक मेला नै भन्दा पनि अत्युक्ति नहोला । इभेन्टको अन्य आकर्षणहरुमा कमेडियन सजन श्रेष्ठको कमेडी, शिशिर भण्डारीको क्यारिकेचर र द इलिमेन्ट व्याण्डको बेजोड म्यूजिकल प्रस्तुति रहने भएको छ ।
शैक्षिक र मनोरन्जनात्मक उक्त इभेन्ट ग्लोबल कलेज अफ मेनेजमेन्ट बानेश्वरको मनास्लु हलमा सञ्चालन गरिने आयोजकले बताएका छन् । कार्यक्रमको प्रायोजन एसिसीए,स्किल एकेडेमी,गुरुकुल सिए,अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी आदिले गर्ने भएका छन् । कार्यक्रम यहि २५ गते शनिवारबिहान ९ बजे सुरु भएर साँझ ५ बजे समापन हुने आयोजकले बताएका छन् ।

तपाईंको प्रतिकृया