काठमाडौ १८ माघ । लामो समयदेखि पत्रकारितामा संलग्न पत्रकार कमल फुयाँलले गायन यात्रा सुरु गरेका छन् । उनले पछिल्लो समय मन पर्यो बोलको गीत मार्फत गायन क्षेत्रमा देखिएका हुन् । यस अघि पनि बिभिन्न म्यूजिक भिडियो एवम चलचित्रमा अभिनय समेत गरेका फुँयालले गाएको गीत मिठो रहेको छ । गीतमा लक्ष्मण श्रेष्ठ र शशिकला माझीको अभिनय देख्न सकिन्छ ।

टिकटकबाट उदाएका प्रतिभा नुवाकोटका लक्ष्मण श्रेष्ठलाई टिकटक भिडियो बाटै मन पराएपछि कमल फुयाँलको ‘मन पर्यो’ बोलको गीतमा अभिनय गर्ने अवसर प्राप्त गरेका हुन् ।उक्त गीतको म्यूजिक भिडियोमा विभिन्न चलचित्रका गीत तथा चलचित्र दुइकिनारामा नायिकाको रुपमा अभिनय गर्दै दर्जनौ गीतमा अभिनय गर्दै आएकी शशीकला माझीको साथमा लक्ष्मणको अभिनय जमेको देखिन्छ । गीतमा सोम कुस्कुमाझीको शब्दसंकलन तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्जमा कमल फुयालको स्वरमा सजिएको छ ।

गीतको भिडियोको निर्देशन पनि कमल फुयाँलकै रहेको छ भने कोरियोग्राफी पुरुषोत्तम माझीको रहेको छ । गीतलाई सुजन विसीले छायाँकन गरेका छन भने सम्पादन अर्जुन खड्काको रहेको छ ।

तपाईंको प्रतिकृया