माघ १५,काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवस हरेक बर्षको मे १२ को दिनमा मनाईदै आएतापनि नेपालमा राष्ट्रिय नर्सिङ दिवस भने प्रत्येक बर्षको माघ १५ गते मनाइदै आइएको छ । २०१८ बाट निरन्तर रुपमा मनाइदै आइएको नर्सिङ दिवस आज ५८ औं नर्सिङ दिवसको रुपमा मनाइयो । ‘गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिक हरुको स्वास्थ्य मा टेवा’ भन्ने मुल नाराका साथ आज ५८औं नर्सिङ्ग दिवस मनाइयो । देशभरका बिभिन्न स्वास्थ्य संस्था एवम नेपाल नर्सिङ संघले समेत नर्सिङ दिवस मनाएका छन् । यसै क्रममा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो बानेश्वरले पनि आफ्ना क्याम्पस परिवार बिच रहेर नर्सिङ दिवस मनाएको छ ।

प्रतिष्ठानका प्रमुख श्री राम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा , संस्थाका फाउन्डर तथा नर्सिङ एडमिन चिफ श्री तुलसी दास श्रेष्ठ, तथा बिएस्सि नर्सिङ बिभागका प्रत्येक वर्ष का कक्षा संयोजकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नर्सिङ बिभाग प्रमुख श्रीमती रमादेवी पहारी, शिक्षिकाहरु श्रीजना श्रेष्ठ, कल्पना गैरे, लिज्ला श्रेष्ठ, कृपा श्रेष्ठ, सुस्मिता थापा, संचिता, बिमला थापा, पौडेल बिमु्न्स लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैले संयुक्त रुपमा केक काटेर कार्यक्रमको उदघाटन गरिएको थियो । नर्सिङका जन्म दाता अर्थात मदर अफ नर्सिङको रुपमा चिनिएकी फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा केक काटेर नर्सिङ दिवस मनाउदा सबै हषौल्लासमा देखिन्थे ।

कार्यक्रमको सञ्चालन पौडेल बिमुन्सले गरेकी थिइन् । ‘नर्स हुनुको बलियो आधार स्तम्भ तयार गरौ र हाम्रा पुर्खाहरुले नर्सिङ मा पुर्याउनु भएको योगदान लाइ कदर गरौ भन्दै’ उनले कार्यक्रमको मिठो सुरु वात गरेकी थिइन् ।कार्यक्रममा सञ्चालिक पौडेल बिमु्न्स स्वयंले स्वागत मन्तव्य राखेकी थिइन् । बक्तब्यको क्रममा पौडेलले नर्सिङ दिवसको महत्व दर्शाउंदै नेपालकी प्रथम नर्स लाह्मु अमात्य र नर्सिङकी जन्म दाता फ्लोरेन्स नाइटिङ्गेलको आदर्शलाइ आत्मसाथ गर्न र नर्सिङ पेशालाइ बिभिन्न बिकृति बाट टाढा राखि यसको यथोचित सम्मान र विकास गर्न जरुरी छ भएको कुरा बताएकी थिइन् ।

बिएस्सी नर्सिङ प्रथम वर्षकी छात्रा आँचल बस्नेतले अन्तर्राष्ट्रिय नर्सिङ पेशा को तुलनामा नेपालमा किन नर्सिङ डोमिनेट छ र नर्सिङ उत्थानका लागि प्रत्येक नर्सको भुमिका के हुनु पर्छ भन्ने विषयमा आफ्ना धारणा राखेकी थिइन यस्तै चौथो वर्षकी छात्रा सरिता श्रेष्ठ र तृतिय वर्षकी छात्रा सरस्वती हेिङमाङ्गले यस्ता कार्यक्रमहरुले नर्सिङ बिषय अध्ययन गर्ने आफूहरुजस्ता विद्यार्थीलाई नर्सिङ पेशा र यसको महत्व अनि इतिहासका बारेमा धेरै कुरा जान्ने अवसर मिल्ने भएकाले कार्यक्रम आयोजक, ब्यवस्थापन समिति , नर्सिङ बिभाग तथा सम्पुर्ण शिक्षक हरुलाइ धन्यवाद र शुभ कामना दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दुखेसो पनि पोखे । सबै पेशामा सम्मान पुर्वक पद सम्बोधन गरिन्छ जस्तै मेडिकल बिद्यार्थीलाइ डा.साहेब, कानुनि पेशामा वकिल साहेब तर नर्स हरुको पद सम्बोधन गरिदैन। हामि नर्स हौ, हामिले नर्सिङ सेवा दिनका लागि निर्धारित पोशाकमा खटिएका हुन्छौ । तर, हामिलाइ बैनी, दिदी, नानी भनेर आफ्नै प्रकारले सम्बोधन गरिन्छ । त्यति सम्म त ठिकै छ तर पनि हाम्रो सेवाको सम्मान कहिले पनि गरिएको देखिदैन। चौविस घण्टा सेवामा जुटेका नर्स हुँदा हुदै पनि मात्र डाक्टर को नाम माथि स्याबासि दिएर सेवा ग्राही बिदा हुने चलन छ। साच्चै नर्स ले दिएको सेवा दबाइनु पर्छ ? साच्चै नर्स बिना कुनै पनि स्वास्थ्य संस्था अगाडि सुचारु हुन सक्छ ? यस्ता मार्मिक भावना व्यक्त गर्दा उपस्थित सम्पूर्णले आफ्ना आँखा रसाएको अनुभुति गरेका थिए ।

तपाईंको प्रतिकृया