ईपीक म्युजिक अवार्डबाट यो बर्षको पप तथा आधुनिक बिधाबाट उत्कृष्ट मोडल फिमेलको अवार्ड काठमाडौँ कि सुन्दर मोडल समिक्षा पोखरेल जित्न सफल भएकी छन् ।

सानै उमेर देखि मोडलिङ्ग मा रुचि राख्ने समिक्षाले ‘ए सानी’ बोलेको म्युजिक भिडियोबाट अवार्ड हात पारेका हुन् । मोडलिङ्ग को साथमा समाजसेवा पनि आफ्नो मुख्य उद्देश्य रहेको बताउने समीक्षाले सामाजिक कार्यबाट स्नातक गरिसकेकी छन् । ऊनि अभिनीत “आऊ आऊ प्रियतम”, “तिम्लाई मुटु भित्र”, “ए सानी” “पहिलो माया” आदि चर्चित छन् भने युगकवी सिद्दिचरण श्रेष्ठ को नारायणगोपाल द्वारा स्वरबद्ध मेरो प्यारो ओखलढुंगा बोलको ऐतिहासिक राष्ट्रिय गीत रिलिजको क्रममा छ । भविष्यमा चर्चित नायीका बन्ने सोचमा रहेकी पोखरेललाई हाम्रो तर्फबाट शुभकामना ।

तपाईंको प्रतिकृया