का.स.

अर्घखाँचि सन्धिखर्कमामा विस २०३९ सालमा जन्मीएका नेपाली कलाकारीता जगत्का एक नायक हुन शितल केसी । विस २०६१ सालमा श्याम राई निर्र्देशीत टेलिफिल्म गहना बाट नेपाली चलचित्र जगत्मा प्रवेश गरेका केसीले तिमी पुरुष, भाग्य आ–आफ्नो, विष, आफन्त, यात्रा जिन्दगी, तितो सत्य, परिवन्ध लगायत दर्जनौ टेलिफिल्ममा अभिनय गरिसकेका छन् भने २०६१ सालबाट ऋषि न्यौपाने निर्देशित चलचित्र जालबाट नेपाली चलचित्र क्षेत्रमा नायकको रुपमा डेव्यु गरेका थिए भने जस्को अपोजिटमा अरुणिमा लम्साल नायीकाको रुपमा थिईन । तत्पश्चात “आफन्तको माया”, “द्धन्द”, “गुनासा”े, “पापि संसार”,“यो कस्तो माया”, “जंगली माया”, “अभियान” “हाम्री चेली”्, “त्रिदेव”, “दिवानापन”, “मेरो राजेश दाइर्”, आदि चलचित्रमा नायकको रुपमा काम गरेका थिए भने केसी अभिनित “सम्हाली राख है ”, भर्खर रिलिज भएको थियो । हाल मिलन श्रेष्ठ निर्देशित “अधुरो प्रेम कहानी ” चलचित्रमा व्यस्त रहेका नायक केसी पुनर्ः ऋषि न्यौपानेको चलचित्र “विर वहादुर दंग पछर्” मा अनुवन्धित भईसकेका छन् ।

“पानी कुवाको”, “झ्याई पारौँ”, “मनको सन्देश”, “माया गर्छु हैन भन्दीन ”लगाएत करिव २०० म्युजिक भिडियोमा अभिनय गरिसकेका केसीले “श्रीखण्ड साबुन”, “अगरबक्ती” आयुर्वेदिक, सुन पसल आदि बिज्ञापनमा समेत अभिनयकला देखाईसकेका छन् ।

नेपाल चलचित्र कलाकार संघका निर्वाचित्र कार्यसमीती सदस्य रहेका केसी अर्धखाँचि कलाकार समाजका अध्यक्ष एंव ग्लोवल एक्टर फेडेरेसनका सदस्य समेत रहेका छन् ।
दुवईमा सम्पन्न दोश्रो अन्तराष्ट्रिय छाँयाछवि अनर अवार्डबाट उत्कृष्ट नायकको पुरस्कारबाट गत मंसीरमा पुरस्कृत भएका थिए ।

तपाईंको प्रतिकृया