गजल

आफू खराब व्यर्थै गाली पराईलाई।
बल्छ काँटी दोष जति सलाईलाई।

उन्नति र प्रगतिमा ढोल पिट्नेहरु
कसरी देलान् बधाई स्वयं बधाईलाई?

पशु हत्या बन्द गर्ने उर्दी जारी गर्यौँ
सम्झाउछौं के भनेर अब कसाईलाई?

अक्सर यहाँ सबैले राम्रै मिठै खोज्छन्
नत्र हेर माखालाई अनि हेर मिठाईलाई।

रोगीको निराश प्रश्न”निको कहिले हुन्छु”?
भन्ने गर्छन् डाक्टर सोध्नुपर्छ दवाईलाई।

भवानी नेपाल

तपाईंको प्रतिकृया