का.स. पुस २६, पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा राजधानी काठमाडाँैको बानेश्वर स्थित ईन्द्रेणी फुडल्याण्डमा सम्पन्न गरेको छ । पुर्व श्रम, यातायात तथा वातावरण मन्त्री कमल प्रसाद चौँलागाईको प्रमुख आतिथ्यत्यता तथा सहकारीका अध्यक्ष रमिला तौजलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सेयर सदस्यहरुको साथमा समाजका विविध क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
करिव ३४० जना शेयर सदस्य रहेको सहकारीको अधिकृत पुँजी ३ करोडमा १करोड ६४ लाख ५८ हजार ४ सय रुपैया चुक्ता पुँजीमा परिणत भईसकेको र संस्थाको वचत निक्षेप साँढे ६ करोड को हाराहारीमा र ऋण लगानी ७ करोड भन्दा माथि रहेको प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष रमीला तौजलेले वताएअनुसार चालु आ.व.मा आम्दानीमा वृद्दि गर्दै शेयर सदस्यलाई लाभांस वितरण गर्ने लक्ष रहेको यस संस्थाले लिएको छ । संस्थाले अनिवार्य वचत खाताको व्यवस्था गर्न मासिक वचतमा १२ प्रतिशत व्याजदर र नागरिकको सुविधालाई लक्षीत गर्दै जेष्ठ नागरिक वचत खाता तथा नारि बचत खातामा मा १० प्रतिशत व्याजदर एंव बाल बचत खातामा १२ प्रतिशत व्याजदर प्रदान गरिने कुरा कोषाध्यक्ष अम्वीका थापाले बताईन् ।
संस्थाले शेयर सदस्यको खुशिमा खुशि थप्दै साथ साथ हुन नारि तथा बाल बचतकर्ताको जन्मदिनमा घरघरमा केक पु¥याउने व्यवस्था सहितको नयाँ योजनाको थालनी यसै साधारण सभावाट सुरु गरेको छ । कार्यक्रममा बोल्दै सचिव परशुराम अधिकारीले नेपाल सरकारको एक व्यक्ति एक सहकारीको मात्र सदस्य बन्न पाउने व्यवस्थालाई मध्यनजर गर्दै अव मर्जरको निति अवलम्वन गर्नै वताए । उनले भने हाम्रो सहकारी निकै फाईदामा छ तर काठमाडौँमा रहेको १८५६ ओटा सहकारीलाई सरकारले ७०० वटा बनाउने निति अवलम्वन गरेको छ यसमा हाम्रो पुर्ण साथ र समर्थन रहेको छ । त्यस्तै प्रमुख अतिथी पुर्वमन्त्री एंव ने.क.पा.का सहकारी विभागका उपप्रमुख समेत रहेका कमल प्रसाद चौलागाईले हर नागरिकको सुख दुखमा साथ दिने सहकारी र आफुले समेत विश्वास गरेको सहकारी भन्दै सहकारीलाई सुभकामना प्रदान गरेका थिए ।
कार्यक्रम पश्चात संस्था फाईदामा जानुको राज केहो भन्ने प्रस्नको उत्तर दिदै सहकारीले आम जनताको गुनासोको उचित व्यवस्थापन र कर्जा असुलि तर्फ चनाखो रहेकोले वचतकर्ताको लगानिलाई सुरक्षीत बनाएको ऋण उपसमितिका संयोजक एंव कार्यसमीति सदस्य भोला खड्काले बताए । पीपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था नामजस्तै हर जनताको सहयोगी साथी बन्ने समेत उनले बताए । कार्यक्रममा जैष्ठ नागरिक सदस्य एक जना, सेयर सदस्यको सन्तानबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र एक र छात्रा एक जना त्यसैगरि सरकारी विद्यालय तर्फबाट एक जनालाई तथा उत्कृष्ट कर्मचारी एक जनालाई नगद सहित सम्मान गरेको थियो ।

तपाईंको प्रतिकृया