विगत वर्षहरूमा झैँ यस वर्ष पनि जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाउँदै छ ।यसवर्षको नारा भ्रमण बर्षको वहार, नेपाली टोपी उपहार रहेको छ ।

अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको हो । यस वर्ष पनि सातौं अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दैछ । कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउ तर नेपाली पनका साथ भनेर यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । संस्थाले यो वर्ष नेपाल सरकारको नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाउने तयारी गरेको समेत श्रेष्ठले बताए ।

गत वर्ष यस संस्थाले अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो । यो वर्ष पनि कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बताउँदै यसलाई सफल बनाउन अभियन्ताहरूले आम नेपालीलाई अनुरोध गरेका छन् ।

तपाईंको प्रतिकृया