पुस, ६ । नेपाली सिने क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याएकाेमा काशी सिनेप्लेक्स प्रा. ली , भैरहवा तथा मन काशी सिनेप्लेक्स दाङका अध्यक्ष ओम जैसी  ‘दोश्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड‘ बाट सम्मानित भएका छन् ।

UAE को दुबईस्थित एभरेष्ट क्लबमा हालै भएको एक भव्य समारोहमा  जैसीलाई चलचित्र प्रदर्शकको क्षेत्रमा विशेष योगदान पुर्याए वापत  अवार्डसहित सम्मान गरिएकाे हाे ।उनलाई कला, संगीत क्षेत्रमा सिद्धहस्त नेपालका ख्याती प्राप्त व्यक्तिहरु माझ सम्मान गरिएकाे थियाे ।

साे अवसरमा नेपाली चलचित्र, गीतसंगीत, पत्रकारिता, साहित्य, समाजसेवा, खेलकुद, चित्रकला लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरू पनि सहभागी भएका थिए । विशेष समाराेहमा वरिष्ठ संगीतकर्मी शम्भुजित बास्कोटा, कला क्षेत्रकी हाँस्य साम्राज्ञी बसुन्धरा भुसाल, वरिष्ठ गायिका देविका बन्दना लगायतका विभिन्न क्षेत्रमा सफल सयाैं व्यक्तित्वहरु उपस्थित थिए ।

गत वर्षबाट प्रदान गरिंदै आएको यो अनर अवार्ड जैसीले नेपाली चलचित्र, गीतसंगीत क्षेत्रमा उल्लेखनीय काम गरेकाे भन्दै पाउन सफल भएका हुन् । अनर अवार्ड पाउन सफल जैसी काशी नोबेल एकेडेमी Higher Secondary School का सुत्रधार तथा प्रवर्तक, Nalanda Higher Seconadary School का संचालक, Lions Clubs of Centennial का संस्थापक अध्यक्ष एवम्  मनकाशी सिने प्लेक्स, घाेराहीकाे अध्यक्ष  भइ जिम्मेवारी सम्हाल्दै आएका एक सफल व्यक्ति हुन् ।

जैसी चलचित्र प्रदर्शनीको क्षेत्रमा कृयाशील रहँदै दाङसहित भैरहवा क्षेत्रका चलचित्र अनुरागीहरुलाई उच्च गुणस्तरीय वातावरणमा चलचित्र हेराईको भरपूर आनन्द प्रदान गर्दै आइरहेका छन् ।

दाङकाे घाेराहीकाे मुटुमा रहेकाे मनटावरमा रहेकाे मनकाशी सिनेप्लेक्सले 4K digital cinema टेक्नाेलाेजीमार्फत चम्किलाे र स्तरीय दृश्य तथा आरामदायी सेवा प्रदान गर्दै दर्शककाे मन जित्दै आएकाे छ ।

तपाईंको प्रतिकृया