पौष ५, काठमाडौं । ‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मूल नाराका साथ स्थापना भएको साधना साहित्य मञ्चले आफ्नो औपचारिक उद्धघाटन,स्रस्टा भेटघाट एवम रचना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । करिव तीन बर्ष अघिदेखि नै सामाजिक सञ्जाल मार्फत ‘पश्चिमेली साहित्य आवाज’नामले चिरपरिचित यस संस्थाले औपचारिक दर्ता गर्ने क्रममा भने साधना साहित्य मञ्चको नाममा साहित्यप्रेमीहरुमाझ उपस्थित भएको छ । देश बिदेशमा रहेका बिभिन्न साहित्यिक स्रष्टाहरुको जागरुकतामा स्थापना भएको यस संस्थामा नेपाली साहित्यलाई ह्रदयदेखि नै माया गर्ने व्यक्तित्वहरुको जमघट रहेको छ । आजको यस संस्थाको औपचारिक उद्ध्घाटन सहितको कार्यक्रम काठमाडौको लाजिम्पाटस्थीतश्री डिल्लिरमण पुस्तकालयमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व कार्यक्रमका संयोजक राज दीप शर्माले गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ट साहित्यकार एवम भाषाविद मुकुन्द शरण उपाध्यायको उपस्थिती रहेको थियो । यसैगरि विशिष्ट अतिथिको रुपमा साहित्यकार छवि बैरागी,तिलक लुइँटेल,डा बासुदेव काफ्ले,लोकमणि पौडेल, पंगेनी शिव शर्मा ,नेपाल पत्रकार महासंघ काठमाडौका अध्यक्ष शान्तराम बिडारी लगायतको उपस्थिती रहेको थियो । अन्य अतिथिहरुमा सरस्वती गौतम (अध्यक्ष नोबेल साकोसं), राजन न्यौपाने (अध्यक्ष सप्तबी साहित्य सञ्जाल),आँचल शर्मा (उपाध्यक्ष मधुवन गोधुली साँझ),प्रियंवदा आचार्य काफ्ले,सुरेश वैद्य,निर्मल रमण पराजुली (घुम्ती साहित्य),घायल श्री (सम्पादक बुलबुल पत्रिका) लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कार्यसमितिको तर्फबाट कोषाध्यक्ष शिव कुमार ढकालले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रमको सञ्चालन संंस्थाकी महासचिव बिमुन्स पौडेलले गर्नुभएको थियो ।कार्यक्रममा बसन्त वली बसन्ती,पृथक हिमाल वली,सरु बजगाईं धिमाल,रोशन अधिकारी लगायत २५ जना भन्दा बढी साहित्यिक स्रस्टाहरुले आफ्ना रचनाहरु सुनाउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकुन्द शरण उपाध्यायले विशेष भाषा मा पुगेको चोट बारे स्पष्ट पार्नु भयो काल, कला र विज्ञान का बारेमा विशेष धारणा व्यक्त गर्नु भयो र यसको सम्बन्ध नेपाली भाषा मा प्रत्यक्ष रहेको जनाउनु भयो । विश्वमा पाँच करोडले बोल्ने नेपाली भाषाको जगेर्ना गर्ने सबैको कर्तव्य रहेको समेत बताउनु भयो । सबै नेपाली भाषीको बीचमा वर्ण विन्यासमा समानता नभएको भन्दै दुःख व्यक्त गर्दै वहाले यस्तै अवस्था रहेमा नेपाली भाषको अस्थित्व विश्व बाट हराएर जान सक्ने खतरा समेत रहेको संकेत गर्नु भयो ।

साधना साहित्य मञ्चको कार्य समिति यस प्रकार रहेको छ

अध्यक्ष : गणेश खड्का (असन्तुष्ट जलन)
उपाध्यक्ष : अजिता दाहाल
महासचिव : पौडेल विमुन्स
कोषाध्यक्ष : शिव ढकाल
सदस्यहरु
राज दीप शर्मा
अजय सुगम खनाल
बिना जोशी
प्रगति नेपाल
प्रतीक्षा नेपाल

तपाईंको प्रतिकृया