गजल


भन्दैछन नराम्रो कामको तमाम भएपछि
अनि बैज्ञानिक बिज्ञान बदनाम भएपछि

बर्षौ बनाएको संविधान नै लागू नहुँदा यहाँ
कलमको युद्ध पनि पूर्ण बिराम भएपछि

महान शहिदको रगत यसरी बेवास्ता हुन्छ
भ्रष्टाचार लाई सधैं खाममा दाम भएपछि

के गर्छौ सम्झौता रातारात छिमेकीसँग पनि
सिमाना सर्छ सरकार मुखमा लगाम भएपछि

यसर्थ जिउँदो लास भएको छ मेरो जिन्दगी
तिम्रो घरमा जन्ती मेरो घर मलाम भएपछि

केशवराज भट्ट सागर
सुदूरपश्चिम बैतडी

तपाईंको प्रतिकृया