कविता :  सुकिलो कुहिरो

हेर्दाहेदैँ हराएका
छुँदाछुँदै छरिएका
कुहिरोहरु
फगत
मान्छेको जीन्दगी
हराइरहन्छ
भेटिरहन्छ ।

आकाशमा हराएको मान्छे
हावामा देखिन सक्छ
बादलमा लुकेको मान्छे
भेटिन सक्छ
काला औँसीका जुनहरु भित्र
न जुनहरु देखिन्छन
न ताराहरु भेटिन्छन
फगत
भेटिन्छन जुन जस्तै सफा

तारा जस्तै टाढाका
निर्मम सपनाहरु ।।

रविना खड्का
दोलखा

तपाईंको प्रतिकृया