गायक अर्जुन सापकोटा र देवी घर्तीको स्वरले सजिएको लोक दोहोरी गीत बनकी चरी सार्बजनिक भएको छ । जसमा कृष्ण बस्यालको शब्द रहेको छ भने लय गायक स्वयं अर्जुन सापकोटाको रहेछ । मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतमा मोडल राजु ढकाल, करिष्मा ढकाल, अर्जुन सापकोटा लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन स्मृती तिमिल्सिना(गुरु आमा)ले गरेका छन भने छायांकन करन चैसिरको रहेको छ ।

गुरुआमा फिल्मस् को पोस्ट प्रोडक्सनमा बनेको उक्त गीतको सम्पादन कार्य विकास ज्ञवालीले गरेका छन् । गीत एकदमै मेलोडियस बनेको दर्शक स्रोताबाट प्रतिक्रिया आइरहेको छ ।

https://www.youtube.com/watch?v=qj5s1qeQF9E&feature=youtu.be&fbclid=IwAR1H2_GsndhwezYVQiVI_ofetggUP71b1zV9YTnbqW-a4bzO9KbLZX3bOFg

तपाईंको प्रतिकृया