मंसिर २५,काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ।यसै क्रममा पर्बत भतेरपाटा घर भइ हाल भारतको बेङ्लोरमा रोजगार गर्दै आएका सुमधुर स्वरका धनी गायक घनश्याम न्यौपाने र गायिका देबि घर्तिको आवाजमा रहेको सजाय गीत भर्खरै मात्रै सार्बजनिक भएको छ।

गोपाल बस्यालको प्रस्तुतीमा घनश्यामले ” सजाय” नामको गीत बजारमा ल्याएका हुन् । सजाय गीतका सर्जक आयन न्यौपानेले गीत बिल्कुलै सकारात्मक किसिमले प्रस्तुत गरेका छन् । प्रेममा धोका पाएका जोडीहरु लाइ समेट्दै, प्रेममा धोका भए पछि हुने भावहरु समेटि छुट्टै किसिमको गीत प्रस्तुत गरिएको छ । यस गीतमा सङ्गित र शब्द सर्जक आयन न्यौपानेको रहेको छ भने लय पनि उनको आफ्नै रहेको छ ।

उक्त गीतमा स्मृति तिमिल्सेना (गुरुआमा) को निर्देशन, सुरेश श्रेष्ठको छायांकन र प्रकास धमलाको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा प्रेम सापकोटा (सोनु) र रन्जिता गुरुङको अभिनय रहेको छ,प्रेम साप्कोटा सोनुको युटुब च्यानलबाट आरति म्युजिक प्रा.लि द्वारा गोपाल बस्यालको प्रस्तुति एल्बम १३ मङ्सिर २०७६ मा सार्बजनिक भएको हो।

https://www.youtube.com/watch?v=mzDonMBbj3U

तपाईंको प्रतिकृया