– भवानी भिक्षु

‘एक पैसा हजुर… …सानुलाई म नभोग .. … … ।’- मैलो टालोमा बेह्रिएको एक-डेढ महिनाको शिशुलाई देखाउँदै, जीर्ण-सीर्ण आइमाईले भनी । नाउँ मात्रको पातलो फूटपाथको पुछारमा बसेर परपट्टीबाट आउने सूर्यको अलिअलि मात्र घाम आफ्नो सानुलाई ओगटी त्यो बसेकी थिई । मैलो अनुहार, प्रसूति-क्लान्त जीउ, बच्चा जन्माएर संसारकै उपकार गरेकीझैं आँखाको दीनहीन दृष्टिसाथ खुम्चिंदै, डराउँदै, लगभग कामिएकै अपराधीजस्तो सुर थियो त्यस सानुकी आमाको ! प्रसवपछि कमसेकम तीन/चार महिनासम्म नारीको कुनै रूप नै नरहेको नियमाकूल उसको तात्कालिक रूप थियो, कुनै वर्ण्यको अनुमानसम्म लगाउन नसकिने !

बिहानदेखि छोपिराखेको कुहिरोभित्रबाट अलिअलि गरेर आकाशले मुख उघार्ने चेष्टा गरिरहेको थियो । मलाई लाजिम्पाटतिर जानु थियो; लैनभित्र र लाजिम्पाटतिर जाने दोबाटोको बायाँपट्टकिो पेटिको कुनामा बसेकी त्यस सानुकी आमाको मायाको पछ्यौरीबाट त्यस भागले सुर पाएको थियो- ‘एक पैसा हजुर … … …सानुलाई … म … न… भोग … ….।’ उसको मुखबाट केही निस्कनै आटेर पनि मलाई चिनेर होला शब्दहरूले स्वर पाएनन् । अवश्यमेव अभ्यास जन्य उसका ओठ चलेका थिए ….। माग्नुजस्तो स्वर पनि त्यतिको लोभ लाग्दो किसिमको पवित्र हुनसक्छ भन्ने अनुभूतिले मेरा खुट्टा अडे । आइमाईलाई पनि कदाचित हेरी साहस मिल्यो- ‘दिन्छ कि -‘ सम्भवतः उसले आफ्नो याचना पुनः दोहोर्याहउन खोजेकी होली तर मेरो उपस्थिति निश्चय नै उसको साहसभन्दा गह्रौं भएर होला उसको मुखले सुर पाएन । एकपल्ट मतिर हेरेर ऊ आफ्नो सानुतिर हेर्न थाली । शिशुका दुवै पातला, नरम ओठ आपसमा चल्मलाइरहेका थिए । ती अवश्यमेव, तुरुन्तै छुटेका वा हटाइएका मातृस्तनका खोज गरिरहेका थिए; तर मलाई लाग्यो- ‘उसको दुवै ओठमा त्यही मूक याचना चलमलिइरहेको छ ।

‘.. .. एक पैसा हजुर … मलाई … … मनभोग … …. ।’ सांच्चिकै, अहिले यसका ओंठहरूमा अलिकति मनभोग दलिदिए गुलियो चाट्न उसको ज्रि्रो पनि बाहिर आउला । मलाई उसको पातलो, नरम ज्रि्रो हर्ेर्ने उत्कण्ठा लाग्यो तर अलिक झस्केर भनें- यसलाई मनभोग खुवाउन हुन्छ र – यत्तिको कलिलो बच्चाको घाँटीमा नै अड्क्यो भने … …-‘ मजासित खान्छ हजुर, कति पटक ख्वाएकी हुँ … … । थुनमा दूध आउँदैन, सुत्केरी हुँदा खानुपर्ने मसला, पुष्टकारी केही खान पाइएन, दूध छँदैछैन । अलिअलि मोनभोगै खुवाएर यतिञ्जेल पालेको, के गरुँ … विचरा … …गरिब हुँ, हजुर…के खानु… यो छोरा …!’ टीठ लाग्दो दृष्टिले उसले सानुलाई हेरी । मेरो हेर्राई पनि त्यही सानुमा गाडियो- एक पैसाको भीखको जीवनारम्भ । नेपाली एक पैसा मात्र र मानिस नेपाली । पकेटबाट एक पैसा झिक्दै भने- ‘यसलाई मनभोग किनेर खुवाउँछेस् र – भरदिन यसैको नाउँ बेचेर पैसा माग्ने होइन – यो कति खाने हो र -‘ अनि एक पैसा त्यस आइमाईको अगाडि फाल्दिएँ । पैसा भने उसले टिपेर पनि मेरो प्रश्नको कुनै उत्तर उसको मुखमा थिएन । एकपटक मलाई हेरी मात्रै । त्यस मूक हेराइमा थियो जाबो एक पैसाको लागि त्यस्तो वचन । एक पैसा र त्यत्तिको र्सतर्कता, सावधानी ! आफ्नो छातीको रगतको नाउँमा त के ठग्नु, चलेको भए आज उसको नाउँमा तिमीलाई पो दिने थिएँ; दान, धर्म गर्थेँ, एक पैसा … … तर …। उसको मौनलाई नियाल्दै सम्झे-हो नि । आमा नै नबाँचे बच्चो बाँच्छ र – जरो सुकाउने, मुना पाल्ने; कत्तिको मुर्ख्याइ – तर बच्चोको लागि माग्नु, आफ्नो पेट पाल्नु ! विचार नै कस्तो-कस्तो लाग्ने ! किन्तु अति वास्तविकता भने यही नै होइन र – मनै खल्लो भयो । तैपनि च्वाट्ट मिल्ने गरी कुनै समन्वय छैन । आमालाई पालिनर्ैपर्छ, बच्चो त्यसै पालिनेछ ।

एकाएक मनमा के आयो भनें- ‘हेर, बच्चोको नाउँ लिएर कसैसित एक पैसा पनि नमाग, आफ्नो लागि माग है, अनि बच्चोलाई पनि खुवाउन् । बच्चोको नाउँमा पैसा माग्नु त … … ।’ भन्दाभन्दै त्यस आइमाईको अनुहारमा दृष्टि पर्दा वाक्य त्यहीं रोकियो । त्यहाँ कुनै गुनासो प्रकट थियो, तिरष्कार पनि, अलि अलि विवश विषाद पनि- ‘मैले आफैंलाई मागे तिमीले नै दिने थियौँ र – मलाई खुवाउँछौं …. त -‘ फेरि त्यही अति वास्तविकता, निःस्वर, कठोर अन्तरसत्य खप्न सकिएन । कुरा पल्टाउँदै भनें- लौ त मनभोग किनेर ले त, यसलाई खुवा हेरूँ खान्छ कि – ‘खान्छ हजुर, यसैले जेनतेन गरी अझसम्म पालेकी हुँ ।’ फर्ुसद मिलेको जस्तो मौका पाएर भनंे- लौ खुवा है, भोलि फेरि यसलाई म मनभोग खान दिउँला । राम्ररी स्याहार ! यति भनेर म आफ्नो बाटो लागें । त्यसदिनपछि अर्को दिन फेरि अर्को दिन पनि म पैसा दिंदै गएँ ।

जतिञ्जेल मेरो लाजिम्पाटतिरको काम सकिएन र मलाई लगभग रोजिन्दै जान पर्योि, म उसलाई पैसा दिंदै गएँ । सानुकी आमा पनि रोजिन्दै मबाट एक पैसाको प्राप्तिमा सम्भवतः आश्वस्त हुन गएकी थिई । तर काम सकिएपछि, म बसेको पुरानो भन्सारदेखि लिएर लैनसम्म एक कोस जतिको बाटो, त्यसलाई एक पैसा तिर्न जान सकिन । त्यो क्रम टुट्यो । क्रम टुटे पनि प्रत्येक बिहान एकपटक टालोमा बेह्रिएको सानुका पातला पलक झैं दुवै ओठ चल्मलिएको मेरो अर्न्तर्चक्षुमा नउदाई छोड्दैनथ्यो; सँगसँगै माने त्यस चल्मलाइमा ऊ रोजिन्दै भन्थ्यो- ‘एक पैसा हजुर … …मलाई … … मन … भोग … ।’ एक दिन मनमा आयो, एक रुपियाँ त्यसको आमालाई एकैचोटि दिए त सय दिनको लागि सानुलाई मनभोग पुग्ने छ । तीन महिना र दश दिनसम्म नगए पनि हुन्छ । सानुले मनभोग खाँदै गर्छ, बढ्दै पनि जान्छ । यस सम्झनाका साथै सानुका ओठ चल्मलाएको, चल्मलाई रहेको मेरो अन्तरमा प्रतिभासित भयो तर त्यसै दिनमा साह्रै व्यस्तता भएर म जान सकिनँ । अर्को दिन पनि जान सम्झे, तैपनि त्यतिसम्म हिँडेर जान अल्छी लाग्यो, गइनँ ।

त्यस्तै अरूअरू आउने दिनहरू पनि बित्दै गए, महिनौं बिते, गइन । बरु एक दिन यो तर्क पनि समातें- ‘एक वा दर्ुइ रुपियाँ दिए पनि सानुकी आमाले बच्चोकै लागि त्यो राखिछोडेर दिनहुँ उसलाई एक एक पैसाको दरले मनभोग खुवाई राख्थी होली र – एक वा दर्ुइ रुपियाँ एकैपटक पाए त्यसको अको उपयोग नगरी ऊ छोड्दैन थी; या त आफैं खान्थी अथवा लुगा कपडा किन्थी वा अन्य जरुरी काममा लगाउने थिई । सानुको मनभोगलाई त्यति पैसा राखी छाड्थी र -‘ स्वयं- आश्वासनका यस्ता कुराहरूले सानुको दैनिक सम्झना क्रम पनि क्रमशः बिलाएर गयो । लगभग तीन महिनापछि कुनै बिदा परेको एकदिन बिहानै आफ्आफैं मेरो अठोट भयो- आज म एक पटक लाजिम्पाटतिर डुलेरै आउँ; डुल्नु होइन, सानुलाई हेरुँ, कति ठूलो भयो । निःसन्देह त्यस दिन म सँग तलब आएको निकै पैसा थियो, एक/दर्ुइ वा दर्ुइ/चार रुपियाँ पनि छोडेर आए मेरो कुनै आवश्यकता अड्कने थिएन । बिहानको चीया-सीया खाई, लुगा लाइओरी म निस्के । जति जति लाजिम्पाट वर आउँदै गयो, त्यही परिमाणमा सानु ठूलो भएको, मोटोघाटो, हातखुट्टा बेस्करी चलाएको, टक्क हेरेको र हाँसोको पनि उसकोे सिङ्गै जीउ मेरो मनमा प्रत्यक्ष हुँदै गयो । आधा घण्टा जति हिँडेर लाजिम्पाट पुगें; त्यसदिन बिहानैदेखि लागेको र्छलङ्ग घामको प्रकाशमा बायाँतिरको पेटीको पुछारमा एउटा मलीन धब्बा पनि देखियो । अवश्यै त्यो सानुकी आमा नै थिइहोली । बच्चोलाई पेटीमा लडाएकी होली, कहाँ देखापर्छ र – दश-पाँच मिनेटपछि नै म सानुकी आमा नजिक पुगी टक्क अडें । सानुकी आमासित मेरो आँखा जुध्यो ।

उसको मुखबाट केही निस्कनै आँटेर पनि मलाई चिनेर होला शब्दहरूले स्वर पाएनन् । अवशयमेव अभ्यासजन्य उसका ओठ चलेका थिए । सानु कहाँ छ, ठूलो भएको होला होइन – निकै दिनसम्म आइन, आज उसको मनभोगको जम्मै बाँकी तिरीदिन्छु । सानु कहाँ छ – एक सासमा नै त्यति भनेर सानुकी आमाको जवाफ पाउन उसको अनुहारमा दृष्टि जमाए । तर…तर… उसको उत्तर थिएन । निमेषसम्म ऊ मलाई हर्ेर्दै रही र विस्तारै उसको आँखा रसाउँदै आए र क्रमशः आँसुका थोपाहरू चुहुन थाले ।

आशङ्काको एउटा तोरसितको झोक्का लागेको अनुभूति भएर फेरि सोधे होइन रोएको किन – सानु कहाँ छ – भन्न त भन – टाउको ओराली आँसुले नै भिजेको र थामिई-थामिई निस्केको उसको स्वर थियो- “सानुले मलाई छोडेर गयो । खान नपाएर मर्योी हजुर, खानै नपाएर मर्यो । जति गरे पनि थुनमा दूध आएन र सानु भोकभोकै सुकेर गयो । हत् बुद्धि, एकछिन त्यसै उभिरहँे; अनि अलिक पछि भनें- ‘चूपलाग, यसै भयो ! के गर्नु – अनि तुरुन्छै फर्कें । “…यसै भयो के गर्नु … …” मेरै भनाइको उत्तर, मैले सानुकै मनभोगलाई ल्याएको रुपियाँले दिइरहेका थिएँ- सानु यहाँ छ, अहिलेसम्म यही पकेटभित्र छ, पकेट भित्रै ! “यसरी एक नेपालीको एक पैसाको जीवनारम्भ र एक पैसाकै जीवनान्त भयो”- मैले सम्झे ! खल्तीका रुपियाँ बाटोभरि कराइरहे- सानु यहीँ छ, अहिले यहीं, खल्तीभित्रै !

तपाईंको प्रतिकृया