काठमाडौं २१,मंसिर । देशको सिमा अतिक्रमण विरुद्धमा साहित्यकारहरु सडकमा उर्लिएका छन् । सप्तरङ्गी साहित्य समाज नेपाल र शैली साहित्य समाज नेपालको आयोजनामा सप्तरङ्गी साहित्य समाजको १८ औं श्रृङखलाको रुपमा सडकमै रचना वाचन तथा देश अतिक्रमण विरुद्ध साहित्यिक प्रदर्शन गरिएको हो । आज रानीपोखरी स्थित शान्तिबाटिकामा भएको उक्त कार्यक्रममा बिभिन्न साहित्यिक स्रष्टाहरुले रचना बाचन गरेर अतिक्रमणका विरुद्धमा एकवद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा बिभिन्न स्रष्टाहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्दै यसलाई छिमेकी मुलुुकले अतिक्रमण गर्ने प्रयाश गरेको भन्दै आफ्ना साहित्यिक रचनाका माध्यमबाट घोर बिरोध गरेका थिए ।

वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि कलानिधि दाहालको बिशिष्ट अतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष केशवराज भट्ट सागरको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्धघोषण संस्थाका सचिव वसन्त भण्डारी बिबसले गर्नु भएको थियो। कार्यक्रममा सप्तरङ्गी संस्थाका संरक्षक हरिभक्त सिग्देल महेश,संयोजक मञ्जुश्री प्रधान केसी रानु ,साहित्यकार प्रकाश घायल,सप्तरङ्गी पत्रिकाका सम्पादक प्रतिभा न्यौपाने ,साहित्य सुधा नेपालका अध्यक्ष कल्पना काफ्ले,रेडियो टाइम्सका सञ्चारकर्मी गायिका भारती बस्याल,भूगोल साहित्य समाजका अध्यक्ष बिनोद नेपाल ,पत्रकार केशव चौलागाईं ,मुक्तककार शिवराम खड्का लगायत अतिथि रहनु भएको थियो।

। बिशेष वाचकमा कवितातर्फ उमा दाहाल,टेकराज भण्डारी को प्रस्तुति रहेको थियो र गजलतर्फ चर्चित गीत मन बिनाको धन ठूलो कि धन बिनाको मनका गितकार बिराज नेपालको गजल गायन , रोमा लम्साल, देवेन्द्र विश्वकर्मा , पार्वती अधिकारी केसी , हिक्मत शाही ठकुरी, सरिता थापा मगर,निर्दोष क्षेत्री अतीत र सुरेन्द्र शाही गुलाव कान्छो को निकै मन छुने प्रस्तुति रहेको थियो भने मुक्तकतर्फ मिरा ज्ञवाली , मनिता वस्नेत खड्काको प्रस्तुति रहेको थियो।देश अतिक्रमण सम्बन्धि गीत गाउदै भारती बस्यालले सबै नेपाली एक भएर मात्र हाम्रो नेपाली भु भाग फिर्ता हुनेकुरा बताउनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका संरक्षक हरिभक्त सिग्देल महेश ले ऐतिहासिक पृष्ठभुमि खोतल्दै देश दुखेको बेला हामी सम्पुर्ण साहित्यप्रेमी देश प्रेमीले बोल्नुपर्छ साहित्यिक मार्फत कलम एकजुट गरेर सिमाना मिच्न दिनु हुन्न यति गर्दा गर्दै सिमना फिर्ता हुँदैनन भने साहित्यिक कलमहरु आन्दोलन गर्न तयार हुनेछौं भन्ने अभिव्यक्ति राख्नु भएको थियो।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै हरेक अप्ठेरो अबस्था छिचोल्नका लागि साहित्यकार नै सडकमा निस्कनु परेको भन्दै, जनआन्दोलनमा पनि हामी सडकमा उत्रिएका थियौं, अहिले आएर नेपालका भुभागहरु भारत ले मिच्दै आएको छ सरकार मौन भएको देखिन्छ हामी साहित्य, गीत कलम बोकेर सडकमा आउनु पर्ने अबस्था आएको छ।यदि भारतले सिमना फिर्ता गर्दैन भने हामी सडकमा जान तयार हुनेछौं, नेपालका भुभाग मिच्न दिन्न भन्ने अभिव्यक्ति प्रस्तुत गर्नु भएको थियो।कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष केशवराज भट्ट सागरले यदि अतिक्रमित सिमाना फिर्ता हुँदैन भने हामी युवा सडकमा जान तयारी हुनेछौ भन्दै सबै युवालाई कलम लिएर आन्दोलन गर्न आव्हान गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

तपाईंको प्रतिकृया