काठमाडौं । नारायण गोपाल को आज २९ औं स्मिृती दिवस देशैभरका गीत तथा संगित क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईदै छ । बिसं १९९६ असोजमा जन्मेका नारायणगोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । प्रसिद्ध गायक नारायण गोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिएको थियो । सयौं गीतमा स्वर संगीत दिएका नारायण गोपालले नेपाली संगीतलाई उचाइमा पुर्‍याउन निर्वाह गरेको भूमिका अहिले पनि स्मरणीय छ ।

हँसाउन खप्पीस थिए

सदाबहार स्वरका धनी नारायण गोपाल साथीभाईका विचमा मिलनसार ब्यक्ति भनेर चिनिन्थे । उनका समकक्षी गायक प्रेमध्वज प्रधानका अनुसार नारायण गोपाल हँसाउन खप्पीस थिए । कहिले कसैको शैलिमा समाचार भनेर त कहिले किशोर र रफिको गीत अर्कै सुरमा गाएर हँसाउथे ।

असफल पत्रकार

नारायण गोपाल एक असफल पत्रकार पनि हुन् । २०२८ सालमा साहित्यिक पत्रिका ‘बागिना’ को ब्यबस्थापक एवं सम्पादक समेत भएका थिए । उक्त पत्रिका ३ अंक मात्रै प्रकाशित भएको थियो । नारायण गोपालले आफ्नो अडान कहिल्यै छोडेनन् । कुनै पनि गीत आफुलाई चित्त नबुझेसम्म गाउँदैन थिए । गीतकार कालीप्रसाद रिजालको भनाई अनुसार नारायण गोपालले धेरै पटक मन नपरेको गीत च्यातेर फालेका छन् । पामेलाले सोधिन यो भेटलाई गीत बनाउन सक्नुहुन्छ ?

नारायण गोपाल र पामेला लामाको पहिलो डेटिङ दार्जिलिङको सुकिय पोखरीमा भएको थियो । ‘हाम्रो भेटलाई गीत बनाएर गाउनसक्नु हुन्छ भनेर पामेलाले प्रश्न सोधेकी थिइन् ।

नारायण गोपालले पछि आफ्ना गीतकार साथी नागेन्द्र थापालाई परिवेशलाई चित्रण गरेर गीत लेखिदिन अनुरोध समेत गरे । थापाले ‘यो मौसम यो हरियाली ….शीर्षकमा गीत लेखेर दिएका थिए । तर, उनले पामेलाकै लागि गाएको गीत चाँही चिनारी हाम्रो धेरै पुरानो थियो । पामेला लामाको छोरी थिइन् भने नारायण गोपाल नेवार । विवाहपछि परिवारका सदस्यसँग सम्बन्ध बिग्रियो । केही समय पोखरामा रहेको कबी भुपी शेरचनको घरमा बसेका वेला पामेलाले पोखरामा मैनादेवी माविमा शिक्षिकाको काम पनि गरिन् । बिसं २०४७ साल मंसिर १९ गते ५१ वर्षको उमेरमा उनको निधन भएको थियो ।

तपाईंको प्रतिकृया