january 31 देखि मलेसियामा हुने 3rd International Youth summit मा नेपालका दुर्गाराज पाण्डे अतिथि वक्ता रहने भएका छन् । Workplace Skills Development Academy, New zealand ले बर्षौनी विभिन्न देशका सिर्जनसिल युवाहरूलाई समेटेर आयोजना गर्ने यो कार्यक्रममा करिव 35 देशका युवाहरू सहभागी हुनेछन् ।

ईजिप्टमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगीतामा नेपालका तर्फवाट सहभागिता जनाएर सिल्भर मेडल जितेपछि खेलकुद जगतमा पनि उनी प्रख्यात छन् ।गत साल रिलिज चलचित्र फिक्काका नायक रहेका पाण्डेको बंगलादेशको एक यूट्यूब च्यानलले बायोग्राफिक डकुमेन्ट्रीे प्रकाशन गरेपछि चर्चामा बढेको हो ।

हाल एक प्रतिष्ठित  कलेजका परामर्श प्रमुख, स्टेज ऊद्घोषक, कमेडियन  तथा रेडीयो कान्तिपुरका  कार्यक्रम  सञ्चालक रहेका छन् । पोखराको गोर्खाली रेडियो र बिग एफएममा कार्यक्रम प्रस्तोता भएर काम गरेका पाण्डे आर्थिक प्रगति हुन सक्ने क्षेत्रलाई बलीदान दिएर लागीपरेकोले आफु सफल भएको बताउँछन् ।

पाल्पा जिल्लाको तानसेन अर्गलीमा बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेको सन्तानका रुपमा जन्मेका दुर्गाराज पाण्डेलाई नेपालखवर डेलिको तर्फबाट शुभकामना ।

तपाईंको प्रतिकृया