मंसिर १, काठमाडौं। कफी पारखीहरुका लागि ललितपुरको पुल्चोक (झम्सिखेल) नजिकै सुविधा सम्पन्न बेकरी क्याफे सञ्चालनमा ल्याइएको छ । सेभेन ओ क्लक बेकरी क्याफेको नाममा खोलिएको उक्त क्याफेको यहि कार्तिक २९ गते शुक्रबारको दिन चर्चित हाँस्य कलाकार दिपक राज गिरीले उद्घाटन गरेका छन् । यस बेकरी क्याफे पुल्चोक (झम्सिखेल) स्थित कान्तिपुर एफ.एम. नजिक रहेको सञ्चालकले बताएका छन् ।

यस बेकरी क्याफेमा बेकरी सम्बन्धी सम्पूर्ण परिकारहरु दक्ष सेफहरुद्वारा बनाईनुे हुँदा गुणस्तरियता कायम रहने सञ्चालक मध्येका एक प्रयास श्रेष्ठले बताए । नेपालमै उद्योग धन्दा गर्ने बातावरण नभइ धेरै युवा बिदेशीएको वर्तमान परिप्रेच्छमा आफुहरुले भने केहीलाई रोजगारी समेत दिन खोजेको सञ्चालकले बताएका छन् । पछिल्लो समय कफि र बेकरीका पारखीहरुको संख्या दिनानुदिन बढिरहेको भन्दै उनीहरु ८ जना युवाहरु मिलेर करिव १०-१० लाख लगानी गरेर यो व्यवसाय सुरु गरेका हुन् ।

उनीहरुको समुहमा प्रयास श्रेष्ठ(सिए),उमंग श्रेष्ठ,मरिचमान लामा,बिक्रम शाक्य,प्रज्वल श्रेष्ठ,मिजला जोशी,विद्या तण्डुकार,बिनोद शाक्य लगायत रहेका छन् । उद्ध्घाटनमा चार्टर एकाउन्टेन,बैंकर्श, इञ्जिनियर लगायत समाजमा ख्यातिप्राप्त व्यक्तिले सुरु गरेको यो व्यवसाय पक्कै पनि सफल हुने अनुमान लगाइएको थियो ।

तपाईंको प्रतिकृया