कविता :कविताका ढोका

अति खुला छन् कविताका ढोका
पवन सरी छोपी हाल्छ मौका
सरित प्रवाह लेखन कलामा
उल्लास भर्छ यस्ले हृदयमा ।

सीमित गर्छ प्रकृति सबैलाई
रमिरहन्छ आफै भित्र रमाई
उडानको वेग समेत समाई
इन्द्रेणीलाई वशमा तुल्याई ।

समुद्रको वेग र तरङ्गलाई
आँधी बेरी र भुकम्पलाई
आफ्नै अंग र प्रत्यङ्ग बनाई
बगिरहेछ निरन्तर कलम चलाई ।

अति सहज छन् कविताका ढोका
सबैलाई भित्र पार्छ छोपी मौका
सन्सार सबै नै अटाउँछ यस्मा
निरन्तर चाहार्छ बिश्व भरिमा ।

गंगा लिगल
सिद्धार्थनगर नयाँ सडक वार्ड नं.- ७
भैरहवा, नेपाल , हाल : अमेरिका ।

तपाईंको प्रतिकृया