गजल

बलात्कारीलाई पानी पिलाउँदैछ सरकार
सिमाना मिचिँदा पनि निदाउँदैछ सरकार

लिपुलेक लिम्पियाधुरामा छिमेकीको हस्तक्षेप
माेज मस्तिमा दिनहरू बिताउँदैछ सरकार

के याे सहनै नसक्ने अत्याचार हैन’र हजुर
लाग्छ जानीजानी सिमाना मिचाउँदैछ सरकार

खै, बेला-बेला मुखकाे जिब्रो नाकमा लगाएर
अरु के के बेच्ने जाल फिजाउँदैछ सरकार

 आखिर जति राेए पनि देशप्रेमीहरूले दिल
काम नलाग्ने उखान सिकाउँदैछ सरकार ।

 लाेचन “फूलको थुँगा”
लम्कि चुहा -१०, कैलाली हाल : मुम्बई

तपाईंको प्रतिकृया