कविता : गोर्खा र राजा

हामी गोर्खा -विश्व प्रसिद्ध
बहादुर – बहादुरी
सुरो -सुरवीर
खुँखार -गोलाबारूद
पड़कियौ -पड़काइरह्यौं
बिगतदेखि -वर्तमान
पड़काइरहेछन् -अरूहरू
बिश्वका कुनाकाप्चाहरूमा
गोली थाप्ने गोर्खा
तक्मा थाप्ने अर्कै ।

सोझा – गोर्खा
अपहेलित – अपमानित
हामी बहादुर -कान्छा
हामी राजावादी -स्वामीभक्त
नूनका सोझा -इमान्दार ।

बन्दुक उसको -बारूद हामी
सपना उसको -निद्रा हामी
पाउरोटी उसको -पसिना हामी ।

पाखुरी हामी -पञ्जा ऊ
रजौटा हामी -राजा ऊ

 अर्जुन शर्मा निरौला
गीतखोला ,कालेबुङ
भारत

तपाईंको प्रतिकृया