गजल

मैले जस्तै पाइला अघि सार तिमीले पनि
यथार्थ जित खोज्ने भए हार तिमीले पनि ।

सिमानाको सुस्ता अनि कालापानी झै गरेर
भो जिन्दगी मझधारमा तार तिमीले पनि ।

जननी हुन् मातृभुमि बेचे भन्ने दुनियाँको
शङ्का मेट्न लाखौं आँखा उघार तिमीले पनि ।

सकिँदैन पराईको जुठो खाई सधै हाँस्न
भन्ने कुरा मैले जस्तै स्वीकार तिमीले पनि ।

स्वाभिमान लत्याएर स्वार्थको शिखर चुम्ने
घमण्डीको जत्था भुइँमा झार तिमीले पनि ।।

शान्ति अधिकारी
बाँके

तपाईंको प्रतिकृया