काठमाडौ ३०,कार्तिक । सप्तरङ्गी साहित्य समाज नेपालको नियमित श्रृङखला अन्तर्गत आज नेपाल ल क्याम्पस काठमाडौंमा कृति विमोचन एवम कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष केशव सागर भट्टको मुक्तक सङ्ग्रह ‘प्रेमसागर’को विमोचन र विमला पोख्रेलको कविता सङ्ग्रह ‘वेदना र मर्म’ को परिचर्चा भएको थियो।

भूपि सरोवरको उद्घोषण रहेको उक्त कार्यक्रमको सभापतित्व संस्थाकै संस्थापक अध्यक्ष केशव सागर भट्टले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व शिक्षामन्त्री तथा कवि दीनानाथ शर्माको उपस्थिती रहेको थियो । कवि एवम मुक्तककार वियोगी बुढाथोकीको विशिष्ट आतिथ्य रहेको थियो भने अन्य अतिथिहरुमा ,संस्थाका संरक्षक हरिभक्त सिग्देल,संयोजक मञ्जुश्री प्रधान, पुष्कर लोहनी,समीक्षक एवम समालोक युवराज मैनाली,नन्दकृष्ण जोशी,पुस्तकका मुक्तक वाचकद्वय-निर्मलरमण पराजुली,रोमा लम्साल,मुक्तक संस्थाका अध्यक्ष रामकाजी कोने,परिचर्चा कृतिकी कवयत्री विमला पोख्रेल,दुर्गा किरण तिवारी,राजेन्द्र भट्ट आदिको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष केशव भट्ट सागरको जन्मोत्सवका सन्दर्भमा केक काट्ने एवम दीपोज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष पार्वती केसीद्वारा स्वागत मन्तव्य दिइएको थियो भने मुक्तक संग्रह विमोचन एवम वेदना र मर्म कविता सङ्ग्रहको परिचर्चा समेत गरिएको थियो । कार्यक्रममा गजलकार एवम मुक्तककारद्धय रोमा लम्साल र निर्मल पराजुलीले केशव भट्ट सागरको विमोचित मुक्तक संग्रहबाट ५,५ मुक्तक बाचन गरेर सुनाएका थिए । कार्यक्रममा बोल्ने बिभिन्न बक्ताहरुले सप्तरंगीका अध्यक्ष केशव भट्टले कलिलै उमेरमा कृति प्रकाशित गर्न सफल भएकोमा बधाई तथा धन्यवाद दिएका थिए ।

 

तपाईंको प्रतिकृया