गजल

सम्झिनैलाई कुनै अवसर कुनै क्षण चाहिँदैन
जस्तो आँखा बर्षिनैको लागि श्रावण चाहिँदैन

खोजी हेर्थेँ विम्ब आफ्नै पाउथेँ उनको नजरमा
आज आफ्नै आँशुका बुँद हेर्छु दर्पण चाहिँदैन

भव्य शीशाको महलको हरकोही ईर्ष्यालु हुन्छन्
बाटो हिँड्नेले नि ढुङ्गा हान्छ कारण चाहिँदैन

छैन आफ्नै घर सुरक्षित, जन्मिँदै बैरी छ संसार
आजकल सीता हरणकै निम्ति रावण चाहिँदैन

अपसकुन कालो निशाको त्रास मात्रै हो यो ”सन्ध्या”
यत्तिकैमा पुग्छ परिचय, थप विभूषण चाहिँदैन

ऋद्धिमा रिजाल

तपाईंको प्रतिकृया