[जनार्जन पौडेले] धुनिबेसी, २० धादिङ । धादिङ जिल्लाको धुनिबेशी १ मैदान अवस्थित बच्छलादेबी ज्वालामुखी मन्दिरमा सप्ताह ज्ञान महायज्ञको शुभारम्भ भएको छ । सप्ताह ज्ञान महायज्ञको पहिलो दिन आज कलश यात्रा र विशेष कार्यक्रम गरेर स्वस्तिवाचनका साथ कार्यक्रमको उद्ध्घाटन गरिएको छ । स्थानीय भक्तजनहरुको सक्रियतामा सञ्चालन भएको उक्त ज्ञानमहायज्ञको उद्धघाटन  महायज्ञका बाचक ,उपबाचक लगायत उपस्थित सम्पूर्ण ब्राम्हणहरुद्धारा स्वस्ती बाचन गरेर गरिएको थियो ।यज्ञमा धुनिबेसीबासीको उत्साहपूर्ण सहभागिता देखिएको छ । आज भएको कलश र्यालीमा थुप्रै भक्तजनहरुको सहभागिता रहेको थियो ।

प्रचार प्रसारको अभावमा ओझेलमा परेको बच्छलादेबी ज्वालामुखी मन्दिरलाई प्रचार प्रसार गर्न र हिन्दु धर्मको समेत जगेर्ना गर्नका लागि यो महायज्ञको आयोजना गरिएको आयोजकले बताएका छन् । जसको मुख्य उद्येस्य हिन्दु धर्मको संम्रक्षण र प्रवद्धन गर्नुका साथै यस एतिहासिक मन्दिर प्रचार प्रसार गर्नु रहेको छ । साथसाथै धार्मिक पर्यटकिय बिकाशमा योगदान गर्नु समेत रहेको छ । उक्त ज्ञान महायज्ञमा अहिलेका चर्चित महिला वाचक शुधादेवी शास्त्रीले वाचन गर्ने कार्यक्रम रहेको छ भने उपवाचकमा अच्युत खनाल रहेका छन् ।

आजको  कलश यात्रा र यज्ञको समुद्घाटन अर्थात पूर्वाङ्ग कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व स्थानीय बिकाश मन्त्री एव यस क्षेत्रका प्रदेश सभाका सांसद राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो । पाण्डेले लिच्छबिकालिन समयमै स्थापना गरिएको उक्त मन्दिरको संरक्षण र बिकासमा सम्पूर्ण धुनिबेसीबासी एक हुनुपर्ने र आफूले सरकारी तवरबाट गर्नुपर्ने काममा लागिपरेर सहयोग जुटाइदिने समेत प्रतिवद्धता व्यक्त गरे । पाण्डेले  बच्छलादेबी मन्दिर आजभन्दा करिब १४०० बर्ष पहिले निर्माण भएको भन्दै यो मन्दिर धादिङ जिल्लाकै सबैभन्दा पुरानो मन्दिरको रुपमा रहेकोेले यसको जगेर्ना गर्नु सबै धादिङबासीको कर्तव्य रहेको बताएका थिए ।

साथै कार्यक्रममा बोल्ने सबै वक्ताहरुले बाचक सुधादेबी शास्त्रीको मुक्त कण्ठले प्रशंसा गर्दै शुधादेबीको हिन्दु धर्म जागरण गराउने अभियान  मात्र नभएर नेपाली समाजमा महिलालाई शिक्षा दिनुपर्छ भन्ने सन्देश समेत प्रवाह गर्ने अभियान समेत हुने कुरा उल्लेख गरेका थिए । साथै छत्रेदेउरालीमा हालसम्म महिला पुराण बाचिकाले बाचन नगरेकाले पनि यो महायज्ञ यो क्षेत्रकै नमुना महायज्ञ हुने भन्दै यज्ञको सफलताको लागि शुभकामना दिएका थिए ।

महायज्ञका माध्यमबाट यस क्षेत्रको संस्कृति र पहिचानका बारेमा समेत प्रचार प्रसार गरेर धुनिबेसीलाई उत्कृष्ट पर्यटकिय नगरीको रुपमा विकाश गर्ने लक्ष्य रहेको कार्यक्रम सञ्चालक एवम महायज्ञ आयोजक कमिटिका सचिव गोकुल प्रसाद पौडेलले बताए । कार्यक्रममा बोल्दै आयोजक कमिटिका अध्यक्ष एवम पूर्व गाविस अध्यक्ष रामराज पाण्डेले भागवतको नाममा अर्थ संकलन गर्ने कार्य मात्र भइरहेकाले आफूहरुले बिशुद्ध ज्ञान महायज्ञ सञ्चालन गर्ने उद्येस्य राखेको समेत बताए । एउटा सप्ताह ज्ञान महायज्ञ मात्र नभइ धर्म र संस्कृतिका माध्यमबाट सबै धुनिबेसीबासीलाई एकताको शुत्रमा जोड्ने मञ्च समेत रहेको जसका लागि कुनै जाति, धर्म,पार्टी नभनि सबैलाई एकताबद्ध बनाएर लैजाने बिचारमा छौ’, आयोजक कमिटिका सचिव गोकुल पौडेलले बताए ।

कार्यक्रम आजको कलशयात्राबाट सुरु भएर २८ गते समापन हुने आयोजक कमिटिले बताएका छन् । कार्यक्रममा विदुषी पण्डीत शुधादेवी शास्त्रीको मुखारबिन्दबाट कथा प्रवचन ,दैनिक पूजा अर्चना , भजन किर्तन एवम विभिन्न झाकीहरुको समेत प्रदर्शनी रहनेछ ।महायज्ञ व्यवस्थापनका निम्ती पूर्व गाबिस अध्यक्ष ऋषिकेश पाण्डेको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । समितिका सचिवमा गोकुल प्रसाद पौडेल र कोषाध्यक्षमा भैरव जमकटेल रहेका छन् । समितिका सदस्यहरुमा उद्धव कडेल,आत्माराम गिरी, दिनेश बाँस्कोटा,राजु धिताल,राजु राना लगायत ५१ जना रहेका छन् ।

कार्यक्रममा अतिथिको रुपमा भुवन पाण्डे, आत्माराम गिरी, उद्धव कंडेल,केशव राज पौडेल, दिनेश बांस्कोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको समापतित्व आयोजक कमिटिका अध्यक्ष रामराजा पाण्डेले गरेका थिए भने सञ्चालन सचिव गोकुल प्रसाद पौडेलले गरेका थिए ।

यो मन्दिर यस क्षेत्रकै निकै पुरानो मन्दिर रहेको परापूर्वकालमा यस मन्दिर भएको स्थानबाट आगोको ज्वाला निस्केको र स्थानीयबासीलाई प्रत्यक्ष देबीले दर्शन समेत दिएकाले स्थानीय बासीले सम्रक्षण गरेर देबीको मन्दिर बनाएर राखेको कथन सुनिदै आएको छ । साथै अहिलेसम्म पनि देबीको मन्दिरमा रहेको ज्वालामुखीलाई ढक्कनले छेकिराखेको समेत देख्न सकिन्छ । यसका साथै पृथ्वि नारायण शाहले नेपाल एकिकरण गर्नुपूर्व यहि स्थानबाट आउदा बच्छलादेबी मन्दिरको दर्शन समेत गरेर निस्केको कथनहरु समेत सुन्नमा पाइन्छ । मन्दिरका बारेमा पुरातत्व कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

कलश यात्राको भिडियो हेर्नुस

 

तपाईंको प्रतिकृया