शुभ दिपावलीको अवसर पारेर गजलका अभियन्ताहरु जसले देशका बिभिन्न भुभागमा छरिएर पनि गजलका माध्यमबाट दाङ जिल्लालाई चिनाएका छन् तीनै अभियन्ता गजलकारलाई गजल अभियान दाङले एउटै मञ्चमा उभ्याउने जमर्को गरेको छ । यहि कात्तिक ९ गते शनिबार तुलसीपुरमा आयोजित एक गजल महफिल एवम् श्रष्टा सम्मान कार्यक्रममा उनीहरु एकै मञ्चमा देखिन एवम गुञ्जिन लागेका हुन् । गजलको बिकासमा दाङका गजलकारहरुको भूमिकालाई आत्मसाथ गर्दै दाङलाई गजल लेखनको राम्रो पकड ठाँउ बनाउनका लागी उक्त गजल महफिल कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् ।

गजल अभियान दाङका अध्यक्ष प्रवल विष्टको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा ६जना दंगाली स्रस्टाका गजलहरु गुन्जिने छन् । साथै गजल गायनमा लोकप्रिय संगितकार ,गायक सन्तोष श्रेष्ठको गजल गायन रहनेछ । कार्यक्रममा गजलकारहरु बसन्त वली बसन्ती, नारायण नेपाल, सन्तोष श्रेष्ठ, ऋषी सुदामा, , कपिलमणी र हिमा भुसाल प्रकृतिका गजल सुन्न पाइनेछ ।यी सवै गजलकारहरु पछिल्लो समयका युवा पुस्ताका चर्चित गजलकारका रुपमा चिनिदै आएका छन् । यसरी उदाउदै गरेका स्रष्टाहरुलाई एउटै मञ्चमा उभ्याउदा नेपाली साहित्यमा थप योगदान गर्न सकिने साहित्यकारहरुले बताएका छन् ।

कार्यक्रममा संस्थागत रूपमा लेखक संघका अध्यक्ष खगराज न्यौपाने त्यसैगरि गजलकार कपिल लामिछाने र प्रतिक संग्रामीले स्थापना गरेको ठाकुर प्रसाद लामिछाने गजल लेखन पुरस्कारबाट गजलकार उत्तम कृष्ण मज्गैया र पानसरी मनबिर गजल संगीत पुरस्कारबाट डा. गोबिन्द आचार्य लाई सम्मान गर्ने पुरस्कार छनोट समितिका संयोजक प्रकाश केसीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया