सिक्किम गजल मञ्चद्वारा त्रैमासिक काव्य गोष्ठी सम्पन्न गरिएको छ । कार्यक्रम आज साहित्यकार जीविका अश्रुको निवासस्थान, सिच्छे गान्तोकमा सम्पन्न भएको हो । काव्य गोष्ठीलाई वरिष्ठ साहित्यकार राज के श्रेष्ठले अध्यक्षता गरेका थिए। वरिष्ठ पत्रकार एवं मञ्चका महासचिव अर्जुन पीयूषद्वारा सञ्चालित कार्यक्रममा सिक्किम एवम नेपालका बिभिन्न सर्जकद्वारा गजल, गीत र कविताहरू वाचन गरिएको थियो।

महासचिव पीयूषले कार्यक्रममा उपस्थित काव्य(सर्जकहरूलाई स्वागत जनाउँदै मञ्चको उद्देश्यसंगै मञ्चले अहिलेसम्म गरेका गतिविधिहरूबारे प्रकाश पारेका थिए। यस अवसरमा भक्ति शर्मा (पाकिम), मञ्चकी अध्यक्ष जीविका अश्रु, कार्यकारी अध्यक्ष राधा पाण्डे (तादोङ), युगल सुनिवार (पाँचथर नेपाल) र गोपाल शर्मा (लुइङ थामीडाँड़ा) लगायतले वाचन गरेका थिए। यसरि नै सभाध्यक्ष राज के श्रेष्ठ (माझिटार), कमल दाहाल (पाकिम), अर्जुन पीयूष, शेरबहादुर कार्की (सोरेङ सुन्तले), लुइस विष्ट, दीपा राई र अर्जुन यावा (राङ्का)ले गीत-कविताहरू वाचन गरेका थिए।

कार्यक्रममा रटन अभियान, सिक्किमका संस्थापक अध्यक्ष एनपीएस निरौलाले छोटो सम्बोधन राखेका थिए। कार्यक्रममा रटन अभियानका संस्थापक सदस्य टीका ढुङ्गेल (साङ छलम्थाङ), सङ्गम लिम्बू (गान्तोक) आदिको पनि उपस्थिति रहेको थियो।

तपाईंको प्रतिकृया