गजल


एउटा आगो भए अर्को पानी हुनुपर्छ
रक्सी चुरोट नखाने राम्रो बानी हुनुपर्छ

समस्या दुख सुखमा साथ दिने
तिमी राजा भए म रानी हुनुपर्छ

एक मुश्कान आहा सुमधुर आवाज
पक्कै पनि तिमी मायाको खानी हुनुपर्छ

भर त तिम्रै परें विश्वास पो कति गर्छौ
बोलिमा मात्र हैन मायामा मनमानी हुनुपर्छ

बनावटी माया जसले देखाउछ तर,
बिवाह नै गरि राधालाई लैजाने हुनुपर्छ

राधिका गौतम
सिन्धुली

तपाईंको प्रतिकृया