कार्तिक ३, काठमाडौं । ‘बालबालिकाहरु समाधान गरिनुपर्ने समस्या हैनन,तिनीहरु त प्रस्फुटन गरिनु पर्ने सम्भावनाहरु हुन् ।’ बास्तवमा हामिले पहिले देखि नै सुन्दै आएका कुरा बालबालिका भनेका काँचो माटो हुन हामिले जस्तो बनायो उस्तै बन्छन भन्ने कुरा समेत यी पंक्तिहरुले उजागर गरेको छ । अर्को अर्थमा बालबालिकालाई बोझ र समस्याको रुपमा नलिइ उनीहरुभित्र भएका प्रचुर संभावनालाई प्रस्फुटन गर्ने मौका दिइनु पर्दछ र त्यसमा अभिभावको मुख्य भूमिका रहन्छ भन्ने कुरा पनि यो पंक्तिले बोलिरहेको छ ।यी पंक्तिहरु ज्योति एकेडेमी सीतापाईलाको अभिभावक प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरिएको प्रशिक्षणको एक झलक हुन् । कार्यक्रममा देखाइएका यस्ता क्लिप्सले थुप्रै अभिभावकको मन छोएको थियो ।

काठमाडौंको नागार्जुन ४ स्थीत ज्योति एकेडेमीले हिजो शनिवार एक विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरि विद्यालयका अभिभावकहरुलाई प्रशिक्षित गर्ने उद्येस्यले गरिएका उक्त कार्यक्रममा चर्चित प्रशिक्षक आर के लामिछानेको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य उमा आचार्यको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका,कर्मचारी एवम कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल गोविन्द पंगेनीले विद्यालयले विगतदेखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जसले गर्दा विद्याथीप्रति अभिभावकले गर्ने व्यवहार र सिकाईका प्रक्रियामा निखारता ल्याएको भन्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विद्यालयको लक्ष्य रहेको बताउनु भएको थियो ।

स​ब​ल​तामा आधारित​ अभिभाव​कत्व​ विष​य​मा भएको उक्त अन्तक्रिया एवम प्रशिक्षण कार्यक्रममा अभिभावकहरुले एकदमै चाख देखाएर सहभागी भएका थिए । प्रशिक्षक आर​ के लामिछानको बेजोड​ प्र​स्तुतिका कारण आफूहरुले धेरै कुरा सिक्न पाएको ज्योति एकेडेमीका अभिभाव​कहरुले बताएका थिए ।

तपाईंको प्रतिकृया