कविता : सरकारी अस्पताल

वाह रे वाह !
हाम्रो सरकारी अस्पताल

कोठाहरुको जर्जर
अवस्था
भाचिएका खाट
उकिएको प्लास्टर
डाक्टरको कम दरबन्दी
दबाईहरुको छ कमी

वाह रे वाह !
हाम्रो सरकारी अस्पताल

मुख चिहाई रहेका
बिग्रेका मसिन
बिरामी हरुको
लामो लामो पङ्ती
रोई रहेका शिशु
लाम्खुट्टेको क्यार क्यार

वाह रे वाह !
हाम्रो सरकारी अस्पताल

खटारा एम्बुलेन्स
मानविय सम्बेदनाले मुक्त
चिकित्सक
पोलिथिन फोहोरको बजार
जताततै रगतको टाटा
खुलेआम दुई नम्बरी
औषधिको ब्यापार

वाह रे वाह !
हाम्रो सरकारी अस्पताल

भनेको बेला रगत पाइदैन
बल्ड बैंकमा रगतको
भरभार
बिरामी मरे भगवान
भरोसा
बाची हाले डाक्टरको
चमत्कार
चिन्न गाह्रो
को डाक्टर को पहरेदार

वाह रे वाह !
हाम्रो सरकारी अस्पताल ,

संजय को सिर्जना
चितवन पर्सा

तपाईंको प्रतिकृया