विष्णु नागर

कसले भन्छ,
ढुङ्गाको मन हुँदैन ?
हुन्छ,
मैले त यस्तो मन पनि देखेको छु
जसको हार्ट सर्जरीसमेत गरिएको छ ।

घाम र छाया
मैले सोचेँ, मेरो घर घाममा होस्
फेरि सोचेँ, छायामा होस्

फेरि हाँसेर मैले आफैसँग भने
पहिला घर त होस्
घाम भयो भने छाया त आइहाल्छ नि ।

तपाईंको प्रतिकृया