गजल

तिम्रा यादहरू तिमीलाई दिन नसकेर रोएँ
अतीतका मिठा याद बिर्सिन नसकेर रोएँ

म नजिक हुन खोज्दा तिमी टाढा भएपछि
जिन्दगीमा तिमीबाट टाढिन नसकेर रोएँ

विगत बिर्सिएर तिमी त बद्लियौँ सजिलै
तिमी बदलिए झैँ म बदलिन नसकेर रोएँ

कुरुप नजरले दुई आँखामा आँखा राखेर
यी दुश्मनको अगाडि उभिन नसकेर रोएँ

तिम्रो स्वरुप निवाय अरु देख्दैन कदापि
अर्कीको पिरतीमा अल्झिन नसकेर रोएँ

दिवश बानियाँ
श्रीकोट गा. पा.- ०१ कर्णाली

तपाईंको प्रतिकृया