नरमाइलो दशै
आज फुलपातिको दिन दशै मान्न काठ्माण्डौबाट लाखौ मान्छेहरु आफ्नो घरमा धमाधम जाँदै थिए । शहरका सबै बस स्टेसनहरु मानिसहरुको भिडले भरी भराउ थियो। मेरो प्रिय साथि सुजन लाई म भेटन कलन्की जादै थिए । उ आफ्नो घर दशै मान्न फर्किदै थियो । सडकमा हिडि साध्य थिएन निकै ठूलो भिड तछाड मछाड गर्दै गाडी चड्न कुद्दै थिए । यसो हेर्दा रमाइलो नै देखिन्थ्यो। मैले सुजनलाई भेट्न जादा यो दृश्य देख्ने मौका पाए बाटोमा जाँदै गदा नजर आफ्नै गाउको बस स्टेसनमा तिर पुग्यो । त्यहा पनि निकै ठूलो भिड बसको प्रतीक्षामा थियो। खै आफ्नो गाउको बस स्टेसन देखे पछि । मन खिन्न र निकै नरमाइलो महसुस भयो । सम्झिए । बिगतका बर्षहरुमा म पनि त्यस्तै भिडको एक सद्स्य थिए बिगतका बर्षहरुमा म पनि यसरिनै गाउका साथिहरु सगै बस स्टेसनमै हुन्थे । अनि हल्ला गर्दै गीत गाउदै घरमा बा आमाको निम्ति लत्ताकपडा तथा घरायसि सामन झोलामा टन्न बोकि गाउका सबै साथिहरुलाई भेट्ने अनि रमाइलो गर्न भनि रमाउदै गाउँ गैन्थ्यो। तर यशपाली म त्यहा हुन सकिन । कारण यसपाली म गाउँमा जादैन्न थिए। एक्कासि फोन बज्यो साथी सुजनले गरेको रहेछ। म त सोच्दै गर्दा सोचमै हराएछु । सुजन चोक आइ पुगिसकेछ म पनि पुगे अनि हाम्रो भेट १:३०मा भयो । उसको टिकट ३ बजेको रहेछ उ संग डेढ घण्टा समय थियो । हामी चिया पिउन एउटा क्याफेमा छिरेउ । सुजनको झोला निकै ठूलो र गह्रौ थियो। घरका सबै परिवारको निम्ति सपिङ गरिदिएको रहेछ। उ परिवारलाई भेट्न पाउँदा निकै खुसी हुँदै थियो। त्यतिकैमा ओइटरले मेनु ल्याइ दियो ।

सुजनले दूध वाला चिया मगायो । मैले दूध वाला चिया खान हुदैन्न थियो अनि म दूध वाला चिया खान्न पनि थिए पहिले देखि नै दूध वाला चियाले ग्यास्टिक मा लाग्छ भनेर खान्न थिए त्यसले लेबन टि मगाए। सुजन रमाउदै थियो भखरै बिहे भएको सुजन मुस्ताङ घुम्न जाने रे परिवार सङ अनि तास खेल्ने साथिहरु भेट्ने निकै रमाइलो गर्ने कुरा गर्दै थियो । उसको कुरा सुनी रहदा मेरो भने कताकता मन खिन्न भइरहेको थियो। यतिकैमा हाम्रो चिया आइ पुग्यो । चिया पिउदै सुजनले सोधिहाल्यो किन र दूध वाला चिया किन नखाको? सायद उसलाई थाहा थिएन । चार महिना अगि मात्रै मलाई मातृशोक परेको कुरा । मैले पनि उसलाइ भन्ने अवसर मिलेको थिएन । चार महिना अगि आमा बित्नु भयो त्यसैले दूध खान हुँदैन । उ झस्कियो के रे कहिले के भएर कसरी हामिलाइ थाहै छैन त सुजन एकै चोटि सबै प्रस्न गर्दै थियो । मौका मिलेन तनाबमा थिए । त्यसले । नभनेको उसको मुहारमा एक्कासी परिवर्तन आयो । निकै दुख मान्यो त्यसले पो त यसपाली घर जान नमानेको? उसले सोध्यो ।

मैले मलिन आवाजमा सहमति जनाए। दुख सुखको कुरा गर्दा गर्दै उसको गाडी छुट्ने समय भयो । मैले पैसा तिर्न खोजे तर उसले दिएन आफैले तिर्यो । र क्याफे बाट निस्कियौ। गाडी हिन्ने तयारीमा रहेछ सुजन नरमाइलो मान्दै म खिन्न बनाएर ना३ख ४०४५ नम्बरको गाडीमा चड्यो मलाई पनि निकै नरमाइलो लागि रहेको थियो। राम्रो सङ जानू सुभ यात्रा । हुन्छ त पनि राम्रो संग बस म फोन गर्दै गर्छु। गाडी गयो अन्तिम पल्ट बिदाईको हात हल्लाउँदै म कोठामा फर्किए। कोठामा फर्किदै गर्दा मनमा अनेक कुरा खेल्न थाल्यो । सम्झिय गाउँमा टाडा गयर बाँस काटेर ल्याएर पिङ हालेर खेल्दाको रमाइलो। बर्शौ सम्म भेट नभएका साथीहरु सङ भेट हुदाको रमाइलो ।घर भरी पाउना आउदाको रमाइलो ।यश पाली सब सम्झनामा मात्रै रह्यो ।एक पटक घर सम्झिए तर घरमा कोहि हुनु हुदैन थियो घर रित्तो थियो । चाडपर्वमा घर र परिवारको याद खुब आउदो रहेछ। घर र आमालाइ मैले पनि खुब सम्झिए तर जति सम्झिए पनि अब सम्झन बाहेक अरु बिकल्प थिएन। एक्लै यो बिरानो अनि सुनशान सहरमा बस्न निकै कठिन हुदो रहेछ। तर पनि बाध्यताको अगि कस्को के लाग्छ र ।

बिगत सम्झदा आँखाबाट बर्सात सुरु हुन थाल्यो । फेरि मन कठिन बनाएर बसे। साझको सात बजेको थियो टिभी हेर्दै खाना बनाउने सुरसारमा थिए । नेपाल टेलिभिजनबाट समाचार प्रशारण भै रहेको थियो। म समाचार हेर्दै खाना बनाउन लागे । समाचार बाचकले एउटा समाचार पढ्न थाले जुन समाचारले मलाई नमज्जाले झस्कायो काठमाडौ बाट चितवन् छुटेको ना ३ ख ४०४५ नम्बरको यात्रु बाहक बस साझ छ बजे त्रिशुलि नदिमा खस्दा १० को मृत्यु १८ घाइते र अझै केहि बेपत्ता । भएको दृश्य देखाइ रहेको थियो। मृतकको सनाखत भैसकेको रहेछ मृतक १० जनाको लिस्टमा दिउँसो भखरै गफ गर्दै चिया पिउदै आफैले गाढी चढाएर पठाएको प्रिय साथी सुजनको नाम पनि थियो।

त्यो समाचार पाउन साथ सुजनको घरमा फोन गरे ।उता यो समाचार पाइसकेका रहेछन । घर भरी रुवाबासी थियो। सुजनले भनेको कुरा सम्झिए । नब दुलही सङ मुस्ताङ जाने सपना उसको । परिवारको निम्ति मायाले किनि दिएका । सामानहरु साथी भाइ भेटेर रमाइलो गर्ने सपना । मन नमज्जाले दुख्यो । दुख सुखमा साथ दिने सुजन मेरो प्रिय मित्र थियो । उसको मृत्युको खबरले दुख माथी झन् दुख थप्यो । आफ्नै नजिकका दुई प्रिय मान्छे गुमाउनु पर्दाको पिडाको महसुस गर्दै थिए। यश पालिको दशै कहिले नबिर्सने गरि नरमाइलो संग बित्यो।

अभिराज खाती अन्जान

तपाईंको प्रतिकृया