गजल

पाइन है मैले उन्नतिको बाटो यहाँ
सधै देखिन्छ अवनतिको माटो यहाँ ।

जता गए पनि लाग्छ देशकै तराना
खोइ पाइन मैले प्रगतिको साटो यहाँ ।

धिप-धिप बलेको के मागु दियोसँग
सधै भेटछु मैले दुखैको पाटो यहाँ ।

रग रगमा उम्लिरहेछ यस्को माया
के गरि जुराऊँ सधै अमर नातो यहाँ ।

सबै देशले अब शिखर चुम्न थाले
मेरो देश सधै देख्छु किन फाटो यहाँ ।

गंगा लिगल
सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७
हाल : भैरहवा, नेपाल ।

तपाईंको प्रतिकृया