असोज १६,काठमाडौं । बिजया दशमी, शुभदिपावली एवम छठ पर्वको पावन अवसरमा नेपाली काग्रेसले ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीमा शुभकामना तथा चियापान कार्यक्रम साथ सम्पन्न गरेको छ । आज दिउसो भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेपाली काग्रेसका सभापति दण्डि प्रसाद चौलागाईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काग्रेस जिल्ला सदस्य सर्वधन तामाङको उपस्थिति रहेको थियो । यसैगरि बिशिष्ट अतिथिहरुमा नेपाली कांग्रेसका वडा अध्यक्ष हेम बहादुर तामाङको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा नेकपाका अध्यक्ष राम बहादुर तामाङ, वडा सदस्य खोट नाथ चौलागाई लगायतको उपस्थिति रहेको थियो । औपचारिक रुपमा भएको उक्त कार्यक्रमको संचालन कृष्ण प्रसाद चौलागाईले गरेका थिए । कार्यक्रममा नेपाली काग्रेस महिला संघ ओखलढुंगाकी सदस्य, कवि मुक्तककार एवम गजलकार पुष्पा धमलाले स्वागत मन्तब्य र शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा मन्तव्य दिनेहरुमा ऋषि कुमार चौलागाई लगायत अन्य सात जना रहेका थिए । चियापान एवम शुभ कामना आदान प्रदान कार्यक्रममा निकै बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली कांग्रेसले आयोजना गरेको भएतापनि कार्यक्रममा पाटीको कुनै पनि एजेण्डामा छलफल नभइ बिशुद्ध शुभकामना दिने हिसावले संचालन गरिएको थियो । यस अर्थमा पनि यो कार्यक्रमलाई विल्कुलै फरक किसिमको कार्यक्रम भन्न सकिन्छ । नेपालीहरुको महान चाडको उपलक्ष्यमा भाषण दिनु भन्दा पनि शुभकामना प्रदान गर्ने, एक आपसमा आत्मियता प्रकट गर्ने र भेटघाट गर्ने मात्र योजना भएकाले सबैबीच भाइचाराको सम्वन्ध बनाई आपसमा मिलेर गाउँ बिकासमा लाग्न समेत नेताहरुले सुझाएका थिए ।

को कुन पार्टीको हो, कसले कसलाई मत दिने भन्ने प्रतिस्पर्धा चुनावमा मात्र हुनुपर्ने र चुनाव पछिका दिनमा भने चुनावको जनमतलाई स्विकार गर्दै सबै मिलेर हातेमालो गरेर बिकास निर्माणमा जुट्नु पर्ने कार्यक्रमका अर्का वक्ता ऋषिकुमार चौलागाईले बताएका थिए । यो सामान्य चियापान कार्यक्रम भएता पनि आपसमा मिलेर शुभकामना आदान प्रदान गर्दा एक किसिमको सिंगो परिवारसंगै भेटेको अनुभुति हुने र सबैलाई एक किसिमको उर्जा मिल्ने नेतृ पुष्पा धमलाले बताईन् ।

कार्यक्रम अहिले सम्मकै उदारणिय बनेको भन्दै प्रमुख अतिथि सर्वधन तामाङले यस्ता कार्यक्रममा पाटीगत कुरा नगरी समंग्रमा सबैलाई समेट्नु पर्ने बताए साथै सबै मिलेर हाँम्रो गाउँ राम्रो गाउँ बनाउ अभियानमा जुट्नु सबैलाई आव्हान गरेका थिए ।

तपाईंको प्रतिकृया