कामको शिलशिलामा मातृभुमीदेखि टाढा इजरायलमा बस्न वाध्य गीतकार मनिषा प्रसाईले आफ्नो छैटौं गीत ‘भन्न भुलेँ तिम्रै छेउ’ बजारमा ल्याएकी छिन । पछिल्लो समय गजलकारको समेत परिचय बनाएकी मनिषाको रचनामा रहेको उक्त गीत भावुक शव्दहरुबाट बनेको छ ।

यो भन्दा अघि निक्कै रसिला रमाइला गीतहरू ल्याएकी मनिषाले यसपटक भने निकै नै मन छुने भावुक गीत लिएर आएकी छिन् । । अफ्नो परिवार र छोराको भबिस्यको खोजीमा बिदेशमा बसेर संघर्ष गर्दै आएकी मनिषा प्रसाईको पछिल्लो समय साहित्य र सांगीतिक यात्रा निकै नै रोमाञ्चक देखिन्छ । मनीषाका लेख रचनाहरू बिषेश समाजमा घटेका घट्नामा आधारित र थौरै भए पनि सबैको बिचारमा आशा र हिम्मत बढोस् ,केही ज्ञान र बुद्धि सबैमा पलाओस भन्ने खालका देखिन्छन् भने गीतमा चाहिँ अलि बढि माया प्रेममा रुमल्लिदै गरेको पाईन्छ।

प्रस्तुत गीत भन्न भुलें तिम्रो छेउमा लय तथा शव्द रचना मनिषा प्रसाइको रहेको छ भने संगीत संयोजन हरिशरण सायमील गरेका छन् । गीतको सम्पादन सुरेश राउतले गरेका छन भने गीतलाई मेलिना राईले गाएकी छिन् ।
हेर्नुस उक्त गीतको भिडियो

तपाईंको प्रतिकृया