गजल


कहिले तरङ्ग ल्यायौ, कहिले भरङ्ग पार्‍याै
यो के गर्‍यौ तिमीले सिउँदै थियौ, उधार्‍यौ

विपरीत काम गर्ने तिम्रो अनौठो बानी
जाे वारि बस्छु भन्थ्यो उसलाई पारि तार्‍यौ

विश्वासमा दिएको मैले बनाउने चिज
भन्दै थियौ छ बन्दै उल्टै पाे झन् बिगार्‍यौ

देख्दै छु आज मैले तिम्रा गराहरूमा
राेपेँ अमृत भनेथ्यौ, बेर्ना जहर उमार्‍यौ

जसकाे विराेध गर्दै भन्थ्यौ अभद्र मान्छे
तर आज दुःख पर्दा उसलाई नै गुहार्‍यौ

डा.घनश्याम परिश्रमी

तपाईंको प्रतिकृया