असोज १३, काठमाडौं । हिन्दुहरुको महान पर्व बडादशमी ,दिपावली र छठको पावन अवसरमा नारायणटार ८ गोकर्णेश्व स्थीत हाम्रो सुनौलो संसार अनाथ बालगृहमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बालगृहले आज एक कार्यक्रमको आयोजना गरि भव्य तरिकाले कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष अध्यक्ष मेनुका कोइरालाले सभापतिको आसन ग्रहण गर्नु भएको थियो ।

यसैगरि प्रमुख अतिथिको रुपमा गोकर्णेशोर ८ का वडा अध्यक्ष मनोज ढुङ्गानाको उपस्थिती रहेको थियो । कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य अर्जुन थापा,नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनुवार र कृष्णसेवा सदन बृद्धश्रमका संरक्षक मीरा शाहले लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । विभिन्न संस्थाक प्रतिनिधि लगायत थुप्रै अतिथिहरुको बाक्लो उपस्थिती देखिएको थियो । कार्यक्रममा संस्थाका तर्फबाट उपाध्यक्ष उपाध्यक्ष लक्ष्मी बस्नेत स्वागत मन्तव्य दिएकी थिइन भने कार्यक्रमको सञ्चालन साहित्यकार प्रतिभा न्यौपानेले गरेकी थिइन् । संस्थाको बिकास र दीर्घकालीन सोचको लागि सबैजनाको हातेमालो अपरिहार्य रहेको र सहयोगको लागि आग्रह गर्नुभएको थियो ।

बिगत चार बर्षदेखि सञ्चालनमा आएको यस बालगृहले अहिले दर्जनौ बालबालिकालाई आश्रय दिएर राख्नुका साथै शिक्षादिक्षा समेत दिदै आएको छ ।

तपाईंको प्रतिकृया