होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ ले पर्यटन पत्रकारितामा लामो समयदेखि सक्रिय योगदान गरेको भन्दै आओर टुरिजम न्युजका सम्पादक टंक रेग्मीलाई सम्मानित गरेको छ ।

रेग्मीलाई होटल क्षेत्रको समाचार लेखन तथा समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा कलम चलाएको भन्दै शुक्रबार नुवाकोटमा पूर्व मन्त्री तथा प्रतिनिधिसभाका सांसद हित बहादुर तमाङले सम्मान गरेका हुन ।

होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ को वार्षिक स्थापना दिवस तथा विश्व पर्यटन दिवसको अवश्वरमा सम्पादक रेग्मीलाई पहिलो पटक सम्मान गरिएको हो । सम्पादक रेग्मी विगत लामो समय देखि पर्यटन पत्रकारितामा कलम चलाउदै आएका छन् ।

तपाईंको प्रतिकृया