असोज ५,काठमाडौं । ‘झर्कियो भदौरे झरी उडायो मायाको पछ्यौरी ’ नेपाली लोक गीत संगीतमा मौलिकता हराइरहेको वर्तमान परिप्रेक्ष्यमा एउटा बिल्कुलै मौलिक लोक गीतको सृजना भएको छ । जसमा शव्द स्वर लय एकदमै मौलिक सुन्न सकिन्छ ।

चर्चित गायक गडुल ध्वज गुरुङ (जिमी) र लोकप्रिय गायिका गीता पाईजाको स्वरमा मौलिक लोक दोहोरी गीत ‘भदौरे झरी’ सार्वजनिक भएको छ । गीतमा रमेश बिजीको शव्द र गायक स्वयंको संगीत रहेको छ । गडुल ध्वज गुरुङ राम्रो गायक मात्र नभइ राम्रा रचनाकार र संगीतकार पनि हुन् । टेक छिरिङ लामाको निर्देशनमा बनेको यो गीतको छायांकन योगेश दाहालले गरेका छन भने रोशन धितालले सप्पादन गरेका छन् । मौलिक पारामा रहेको यो गीतमा कृष्ण रसाल र काशी गुरुङको दमदार अभिनय समेत देख्न सकिन्छ ।

भिडियो हेर्नुस्

 

तपाईंको प्रतिकृया