[जनार्जन पौडेल ]असोज ४, काठमाडौं । काठमाडौमा दैनिक जसो थुप्रै साहित्यिक कार्यक्रमहरु हुन्छन् । त्यसमा पनि शनिवार त दर्जनौं साहित्यिक कार्यक्रमको आयोजना भएका हुन्छन । ती मध्ये कतै पुस्तक बिमोचन, कतै कवि गोष्ठी,कतै गजल÷मुक्तक वाचन त कतै मेहफिल लागेका हुन्छन् । कार्यक्रमका आयोजक कुनै न कुनै साहित्यिक संस्था वा समुह नै हुन्छन । ती सबै कार्यक्रममा औपचारिकता धेरै पाइन्छन, धेरैजसो कार्यक्रम निर्धारित समय भन्दा घन्टौं ढिला सुरु हुन्छन जसका कारण साहित्यप्रेमीहरु कुर्दा कुर्दा दिक्क मान्छन । तैपनि आ –आफ्नो ठाउँबाठ कार्यक्रम रमाइलो भएको महशुष गर्न वाध्य हुन्छन् । यो भन्दा पनि मुख्य कुरा चाहिं के हो भने ती सबै कार्यक्रममा एउटै कुराको अभाव खड्केको हुन्छ त्यो हो कार्यक्रमप्रतिको अपनत्व । कार्यक्रममा उपस्थित साहित्यप्रेमी सबैले कार्यक्रम र कार्यक्रम आयोजक संस्था प्रति अपनत्व ग्रहण गर्न नसक्दा कार्यक्रमबाट जति मनोरञ्जन र मिठास पाउनुपर्ने हो त्यति पाइरहेका हुन्नन् ।

यसैबीच काठमाडौमै यी सबै साहित्यिक कार्यक्रम भन्दा पृथक तरिकाले सबैमा अपनत्व हुनेगरि कार्यक्रम सञ्चालन गर्ने साहित्यिक संस्था पनि पाइएको छ जसले थुप्रै साहित्यिक मनहरुलाई संस्थाप्रति अपनत्व महशुष गराउन सफल भएको छ । जहाँ निर्धारित समयमै कार्यक्रम सुरु हुन्छ र सबै साहित्य प्रेमीहरुले आफ्नो कार्यक्रम हो भन्न सक्ने बातावरण तयार भएको छ । काठमाडौको पुरानो बानेश्वरस्थीत नोवेल साकोस साहित्यिक संंस्था हिजोआज सबै साहित्यप्रेमीको साझा चौतारीको रुपमा विकसित हुंदै गइरहेको छ । त्यसैले त नियमित ६७ वटा कार्यक्रम भव्यताका साथ सम्पन्न गरिसकेको छ । हरेक महिनाको पहिलो हप्ताको शनिवार सञ्चालन हुने यस कार्यक्रममा अहिले रचना वाचन गर्नेहरुको लर्को मात्रै लागेको छैन रचना सुन्न र कार्यक्रमका बारेमा बुझ्न जानेहरुको समेत लर्को लाग्ने गरेको छ । जसका कारण कार्यक्रम सञ्चालक लाई हलमा मान्छे अटाउन समेत हम्मे हम्मे पर्दै आएको छ ।

हिजो शनिवार पनि यो संस्थाको कार्यक्रममा यस्तै भएको थियो । खचाखच साहित्यप्रेमीको उपस्थितीमा यस संस्थाले पुरानो बानेश्वरस्थित रत्न पुस्तकालयमा आफ्नो ६७ औ कार्यक्रम सम्पन्न गरेका छ । यसै क्रममा साहित्यिक गोष्ठी, रचना वाचन एवम बिजया दशमी र दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सञ्चालन प्रखर कार्यक्रम सञ्चालक एवम संस्थाका संस्थापक संयोजक–राजन प्र. न्यौपाने ‘श्रीयम’ले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष–सरस्वती गौतम ‘समृद्धि’ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालकोे उपस्थिति रहेको थियो । विशिष्ट अतिथि  उपसचिव विष्णु प्रसाद भट्टराई(युवा तथा खेलकुद मन्त्रालय)बाट रहनु भएको थियो भने अन्य अतिथिहरुमा अतिथिहरू  साहित्यकार पुष्प प्र. लुइँटेल, डा.वासुदेव काफ्ले,डा. शेषराज आचार्य,गोपी कृष्ण प्रसाईँ (अध्यक्ष–विश्व नेपाली साहित्य पज्ञा प्रतिष्ठान), सुशीला ढकाल अधिकारी (सम्पादक–साहित्य श्री साहित्यिक पत्रिका), प्रियंवदा काफ्ले, संस्थाका उपाध्यक्ष–विक्रम श्रेष्ठ ‘सागर’लगायत निर्मलरमण पराजुली (अध्यक्ष–दलानमा मुक्तक), जनार्दन अधिकारी धड्कन (अध्यक्ष–चन्द्रागिरी साहित्य संस्था), आँचल कुमार शर्मा (उपाध्यक्ष–मधुवन गोधुली), महेन्द्र खड्का (सचिव–मधुवन गोधुली), उत्तम शर्मा (नेपाली साहित्य संसार) र संचारकर्मीहरू जनार्जन पौडेल–नेपाल खबर डेली, उमेश पाण्डे–संसाक, केशव अर्याल सौर्य दैनिक को उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा ५६ जना स्रष्टाहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा सुजाता पुलामी र रमा लुइँटेलले अतिथिहरुलाई खादा माला लगाइदिएर स्वागत गरेका थिए । पानसमा दियो बालेर, राष्ट्रिय गान बजाएर प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. शैलेन्दु्र प्रकाश नेपालले उद्घाटन गर्नुभएको कार्यक्रममा संस्थाका सचिव तथा साहित्य श्रीका सम्पादक सुशीला ढकाल अधिकारी ‘श्री’ले स्वागत मन्तव्य राख्नु भएको थियो ।दिनको एक बजे सुरू भएको कार्यक्रम बेलुकी सात बजे समापन भएको उक्त कार्यक्रममा अघिल्लो महिना बाचन गरिएका रचनाहरुमध्ये उत्कृष्ट सर्जकको रूपमा कवि राजबाबु श्रेष्ठ ‘सागर’ सम्मानित र पुरस्कृत भएका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.शैलेन्दु्र प्रकाश नेपाल र उपसचिव विष्णु प्रसाद भट्टराई (युवा तथा खेलकुद मन्त्रालय)ले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरू :

महेश रिजाल, सुवेक्षा ऐर, प्रमोद भियाल, सुर्य ब. तामाङ, निर्मल पराजुली, देवराज ढकाल, अम्विका अधिकारी, सुवास पराजुली, केवल कार्की, ईश्वर थापा, केशवराज अर्याल ‘केरा’, कोपिला घिमिरे, सुरेश वैद्य, राजबाबु श्रेष्ठ ‘सागर’, लक्ष्मी बस्नेत, सानु शर्मा, जनार्दन अधिकारी धड्कन, सुन्दर ब. खड्का, उत्तम शर्मा, विक्रम श्रेष्ठ ‘सागर’, सरस्वती गौतम, डा. शेषराज आचार्य, धरणीधर गुरागाई, शम्भु प्र. गजुरेल, सम्राट न्यौपाने, गंगा आचार्य, रुकेश चौलागाईँ ‘रुस’, प्रकाश बस्नेत गफाडी, गोपीकृष्ण प्रसाइँ, कुशुम शर्मा, शंकर चेपाङ्ग, महेन्द्र खड्का, आँचल कुमार शर्मा, बद्रि उप्रेती, नम्रता उप्रेती, लव खड्का, पदम ढोङ्ग, राजेन्द्र कुमार बज्राचार्य, चित्रा कोइराला, पुष्पा धमला, दिनानाथ पोख्रेल, जनार्दन पौडेल, रामराजा तिमील्सीना, सुशीला पौडेल, टि.एन. भट्ट, लिलाधर पाण्डे, उत्तम विचार, प्रियंवदा काफ्ले , महेन्द्र के.सी., पुष्प प्र.लुइँटेल, गजेन्द्र मोक्तान, उमेश पाण्डे, डा. वासुदेव काफ्ले, डा. शैलेन्दु् प्रकाश नेपाल, विष्णु प्रसाद भट्टराई र राजन प्र. न्यौपाने ।

तपाईंको प्रतिकृया