कविता : जिन्दगी

मेरा पिताजी पनि आज आउँदा
सारै रमाएँ दिलमा सजाउँदा
तिम्रो बखानै कसरी गरौ अब
यो जिन्दगानी तिमिनै त हौ सब ।।१।।

तिम्रा कृपाले नर जन्म पाउँदा
सारै रुवायो धरती समाउँदा
भो कष्ट धेरै जननी म आँउँदा
यो जिन्दगानी तिमि बाट पाउँदा ।।२।।

पीडा सहेथ्यौ दुःख कष्ट भो अति
धेरै गुमायौ घर खेत सम्पति
गाँसै कटायौ फल त्यो चपाउँदा
यो जिन्दगानी तिमिले उठाउँदा ।।३।।

बेसी र पाखा बनमा र गोठमा
खाए पिएको अझ स्वाद ओठमा
मीठो खुवा त्यो चिउरा चपाउँदा
यो जिन्दगीले तिमि बाट पाउँदा ।।४।।

बिर्सिन्न कैले जमरा टिका दिदा
तिम्रो भरोसा सग आसिकै लिदा
गर्दै पितामा जल पिण्ड अर्पण
यो जिन्दगानी छ पिता समर्पण ।।५।।

श्रद्धय पितामा हार्दिक श्रद्धा सुमन

छन्दः- इन्द्रबंशा
ssi ssi isi sis

मेघराज पौड्याल
कञ्चनरुप न पा ७
आदर्शटोल, सप्तरी

तपाईंको प्रतिकृया