[जनार्जन पौडेल]असोज ३,धादिङ। धादिङको धुनिबेसी नगरपालिका वडा नं १ मैदान स्थीत बच्छलादेवी मन्दिर प्रांगणमा श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । जसका लागि पूर्व गाबिस अध्यक्ष ऋषिकेश पाण्डेको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । समितिका सचिवमा गोकुल प्रसाद पौडेल र कोषाध्यक्षमा भैरव जमकटेल रहेका छन् । समितिका सदस्यहरुमा उद्धव कडेल,आत्माराम गिरी, दिनेश बाँस्कोटा,राजु धिताल,राजु राना लगायत ५१ जना रहने छन ।

ज्वालामुखी बच्छलादेवीको नामले प्रसिद्ध यो मन्दिर यो क्षेत्रको सबैभन्दा पुरानो मन्दिर भएतापनि पछिल्लो समय ओझेलमा परेकाले यसको प्रचार प्रसार गर्न एवम हिन्दु धर्मको संरक्षण गर्नका लागि यो महायज्ञ गर्न लागिएको सचिव गोकुल प्रसाद पौडेलले बताएका छन् । उनले भने,’हामी हाम्रो क्षेत्रको   संस्कृति र पहिचानका बारेमा समेत प्रचार प्रसार गरेर धुनिबेसीलाई उत्कृष्ट पर्यटकिय नगरीको रुपमा विकाश गर्न चाहन्छौं ।’

‘यो एउटा सप्ताह ज्ञान महायज्ञ मात्र नभइ सबै धुनिबेसीबासीलाई जोड्ने सेतुको रुपमा लैजाने बिचारमा छौं जसका लागि कुनै जाति, धर्म,पार्टी नभनि सबैलाई एकताबद्ध बनाएर लैजाने बिचारमा छौ’, पौडेलले बताए ।

हिजोआज धामिृक महायज्ञहरु आर्थिक संकलन गर्नका निम्ती गरिएको पाइन्छ तर यहा भने कुनै आर्थिक उपार्जनका लागि गर्न नलागिएको र यो एउटा बिशुद्ध ज्ञान महायज्ञ हुने आयोजकले बताएका छन् । महायज्ञ आउदो कार्तिक २० गते शुरु भएर २८ गते सम्म हुने आयोजकले बताएका छन् । छिटै नै महायज्ञको लागि बाचक उपबाचकको तय गर्न मुल समारोह समितिको बैठक बस्ने र सोही बैठकले निर्णय गर्ने सचिव गोकुल प्रसाद पौडेलले नेपाल खवर डेलीलाई बताए ।

काटमाडौबाट १५ किलोमिटको दुरीमा रहेपनि धादिङको धुनिबेसी नगरपालिका टुकी मुनिको अँध्यारो झै रहेको छ । स्वच्छ र रमणिय स्थलहरुले भरिपूर्ण यो नगरपालिकाका महत्वपूर्णस्थल मध्ये बच्छलादेवी पनि एक हो तसर्थ यसको संरक्षण र सम्वर्दन गर्ने सबैको साझा कर्तव्य हुनजान्छ ।

तपाईंको प्रतिकृया