गजल

हिड्दै छ सुस्तरी पाइला मेट्दै छ जिन्दगीले ।
आफैलाइ यहाँ हरपल लखेट्दै छ जिन्दगीले ।

मुस्कुराउछ , आँसु झार्छ, रोकिऩ्छ ,अघि बढ्छ ,
अभिनय खातिर भिन्न पात्र भेट्दै छ जिन्दगीले ।

कथा इतिहास बन्दै जान्छ समयको बहावसंगै ,
सम्झनाको चौतारीलाई समेट्दै छ जिन्दगीले ।

एक टुक्रा मायाको भूगोल बाँचेको छ अनन्तमा ,
सहारा त्यही लिइ दुःख सारा रेट्दै छ जिन्दगीले ।

साँझ , बिहान देखिने छेपाराहरू कति हुन् कति ,
सबैलाई आफूबाट दूर दूर घचेट्दै छ जिन्दगीले

अम्बु बिहानी

तपाईंको प्रतिकृया