उड्दा उड्दै परेवा त्यो आकाशमै ढलेको छ
चारो छर्ने हातबाट गोली हजुर चलेको छ
अमृत फल्ने आशमा नै सहिदले रगत सिचे
तैपनि यो फुलबारीमा बिषै किन फलेको छ
यी पंक्तिहरु गजलकार धिरेन्द्र प्रेमर्षीका गजलका सेरहरु हुन जुन सेरहरु दर्शकमाँझ गाउँदा राष्टिय नाँचघरको प्रेच्छालय गुञ्जायमान मात्र भएन साहित्यिक मनहरु स्तव्ध समेत भएका थिए । यतिमात्र हैन
तिम्रा याद आउने बाटोमा किन चक्का जाम नभएको
तिम्रो सम्झनाको मात्र हो पुर्णबिराम नभएको
गजलकार नारायण काइँलोका यी गजलका सेरहरु सुन्दा पनि हलमा तालिको गड्गडाहट थामिनसक्नुको थियो । हो नेपाली साहित्य र गजलको क्षेत्रमा धिरेन्द्र प्रेमर्षी चिरपरिचित नाम हो । यस्तै अर्का नारायण काइलो पनि युवा गजलकारमा पछिल्लो समय सबैले रुचाएका गजलकार बन्न पुगेका छन ।यी दुवै गजलकारका बेग्ला बेग्लै प्रस्तुतिले आज धेरै साहित्यिक मनहरुको मन जित्न सफल भएको छ । दुवैले दुई राउण्ड गरेर ८,८ वटा गजल प्रस्तुति दिएका थिए । गजल गायन तथा वाचनमा दुवैको दमदार प्रस्तुति रहेको थियो ।

काठमाडौको राष्ट्रिय नाँचघरमा आज भएको उकत कार्यक्रम सांस्कृतिक संस्थान र अनाममण्डलीद्धारा मासिक रुपमा आयोजना हुने कार्यक्रमको एउटा नयाँ श्रखला रहेको थियो । दुई पुस्ताका गजलकारलाई एउटै मञ्चमा ल्याएर उभ्याउनु आयोजकको सराहनिय काम थियो । जहाँ केही पुरानो पुस्ता र नया पुस्ताबीच एक किसिमको भिडन्त जस्तै देखिन्थ्यो । भिडन्त हेर्न दर्कदो झरिको पनि परवाह नगरी थुप्रै साहित्यिक मनहरु उपस्थित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सांस्कृतिक संस्थानका निमित्त प्रवन्धक प्रभाकर शर्माको उपस्थिति रहेको थियो भने गजल समिक्षकको रुपमा गजलकार बाशुदेव अधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा गजलकार रवि प्राञ्जल,शितल कादम्बीनी, कलाकार निशा शर्मां लगायतका अतिथि एवम थुप्रै साहित्यिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै समिक्षक बाशुदेव अधिकारीले दुवै गजलकारको गजल उत्कृष्ट रहेको बताउदै साहित्य सामाजिक सन्देश दिने खालको हुनुपर्नेमा जोड दिएका थिए ।

यसरी पुराना पुस्ताका अनुभवि र खारिएका गजलकार र नयाँ पुस्ताका आशलाग्दा र सम्भावना बोकेका जोशिला गजलकारलाई एकै मञ्चमा अनुभव साटासाट गर्ने अवसर दिने कार्यलाई आयोजकको सराहनिय काम भन्न सकिन्छ ।

प्रस्तुति : जनार्जन पौडेल

तपाईंको प्रतिकृया