का.स. युवा व्यवसायी एंव सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको स्वरमा सजिएको उत्कृष्ट दशैं गीत गत वर्ष सार्वजनिक भएको थियो । विन्धवाशिनी म्युजिकको युटुवबाट सार्वजनिक भएको गीतले दर्शक तथा समिक्षकको वाह-वाही त पायो तर आम दर्शकमाझ पुग्न भने सकेन । बरिष्ठ गीतकार एक नारायण भण्डारीको शब्द एंव सचिन सिंहको संगीत रहेको “यसपाली त गॉऊमा मान्छु दशै तिहार” बोलको गीतमा सुमन कुमार श्रेष्ठको
एकल स्वर रहेको छ ।

गतसाल दशैको मुखमा रिलिज हुनु र प्रचार प्रसारको अभावले यो गीत हिट हुन नसकेको गायक श्रेष्ठ बताऊछन् ।

“घर सम्झेर आऊदैछु सात समुन्द्र तरी,
चारो खोज्न गको चरी, गुॅडमा फर्के सरी,
मनभरी, मुटुभरी, गॉऊको पियार
यसपालि त गॉऊमै मान्छु दशैं तिहार ”

यस्ता शब्दको संयोजनबाट सुरू हुने गीतले परदेशीएका नेपालीको मन छुनेमा दुईमत छैन ।
>हेर्नुहोस गीत र भिडियो h

निकेश खड्काको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक सुमन कुमार श्रेष्ठसहित राम व राऊत र शारदा राऊत, बालकलाकार सक्षम गुरूङ आदिको अभिनय रहेको छ ।

यसअघी “टोपी लाए पनि हुन्छ”, “यो मन”, “खाएको कसमको लाज राख्नु है” , “मुटु चोरी लाने माया” “जिस्काऊॅथे म ऊ दंग पर्थी” लगाएतका दर्जनौ गीतका श्रष्टा गायक सुमनकुमार आफूलाई मनपर्ने गितमा यो दशै गीत पनि पर्ने बताऊछन् ।

नेपालकै सबैभन्दा ठुलो मल्टिब्राण्ड स्वरुम भनिएको विन्दु हार्डवेएर एण्ड सेनेटरीका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ ब्यबसायका कारण स्टेज प्रस्तुति र प्रचारमा समय दिन नसेकेपनि उक्त गीतमा आएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताउछन्। श्रेष्ठको यो छैटौ एल्बम थियो । युटुवमा भने यो गीत “Dashainma Ghar by suman Kumar shrestha” सर्च गरेर हेर्न सकिन्छ ।

तपाईंको प्रतिकृया