गाइघाट , भदौ २७ । “आर्थिक विकासको मुल आधार, सह अस्तित्व र ब्यापार ” भन्ने मुल नाराका साथ यही अशोज १ गतेदेखी १० गते सम्म उदयपुरको गाइघाटमा दशै तिहार महोत्सवको आयोजना हुने भएको छ । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा वडा दशैको अवसर पारेर मेला लगाउने तयारी भइ रहेको मुल आयोजक समितिले बिहिबार एक पत्रकार सम्मेवलको आयोजना गरी जानकारी गराएको छ ।

नेपालको चर्चित कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउने , किर्तिमानी संग्राहालय निर्माणार्थ हस्ताक्षर संकलन गर्ने लागुपदार्थ दुब्र्यसनको अन्त्यको निमित्त बिभिन्न जनचेनतामुलक कार्यक्रम गर्ने उदेस्य राखेको छ । यस्तै उदयपुरभरी लुकेर रहेका कला तथा कलाकारहरुलाइ पाएक पर्ने स्थानमा छनौट अडिसन गरी उत्कृष्ट हुनेलाइ पुरस्कार बितरण तथा सम्मान , स्थानीय उत्पादन तथा स्थानीय ब्यापारलाइ प्रबर्दन ,उदयपुर भित्र रहेका अपाङ्ग असत्त र सडक बालबालीकालाइ पुनस्र्थापना गराउनको लागी महोत्सव आयोजना गर्न लागीएको मुल आयोजक समितिका संयोजक सरोज श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । यस्तै मेलाको मुख्य आकर्षणको रुपमा उटको डान्सपनी हेर्न सकिने जनाइएको छ । त्रियुगा बसपार्क पछाडी हुन लागेको दशै तिहार महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको आयोजक संस्था किर्तिमानी युवा संघका अध्यक्ष चित्र कुमार कार्कीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया